२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

रोजगार सेवा केन्द्र पथरीद्वारा ३६ वटा योजना संचालन, तीन सय बढीले पाए रोजगारी

Author Uttari Morang
बिहिबार, आषाढ २७, २०८१
रोजगार सेवा केन्द्र पथरीद्वारा ३६ वटा योजना संचालन, तीन सय बढीले पाए रोजगारी

पथरी शनिश्चरे नगरपालिका रोजगार सेवा केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा ३६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न गरेको छ ।
रोजगार सृजना (आई.डी.ए.) प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २७ वटा र रोजगारी सृजना (नेपाल सरकार) प्रधानमन्त्री रोजगार अन्तर्गत जम्मा ३६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न गरिएको रोजगार सेवा केन्द्रका प्रमुख हिमाल राईले जानकारी दिनुभयो ।
नगरको ९ वटा वडामा सञ्चालन गरिएको कार्यक्रम तथा आयोजनामा खानेपानीको पाइप विस्तार, फुटबल खेल मैदान घेराबारा, पैनी मर्मत्, ड्रेन मर्मत् तथा निर्माण, पैनीको वाँध निर्माण र विशेष गरेर कृषिलाई केन्द्रित गरेर नयाँ बाटोहरु निर्माण गरिएको शाखाले जानकारी दिएको छ ।

रोजगार सेवा केन्द्रले ३ महिनाको अवधिमा ३ सय जना बढीको श्रम गरिसकेको प्रमुख राईले जानकारी दिनुभयो ।