२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

करिब ४९ लाख लागतमा सृजना सामुदायिक वनले बनाउन थाल्यो भवन

Author Uttari Morang
मंगलबार, साउन ०१, २०८१
करिब ४९ लाख लागतमा सृजना सामुदायिक वनले बनाउन थाल्यो भवन

बेलबारी नगरपालिका वडा नं. १० मा रहेको सृजना सामुदायिक वन उपभोक्ता समुहले करिब ४९ लाख लागतमा निर्माण हुने भवन शिलान्यास तथा बृक्षारोपण कार्यक्रम गरेको छ ।
बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईको प्रमुख आतिथ्यतामा आइतबार भवन निर्माणको शिलान्यास तथा बृक्षारोपण गरिएको हो ।
तिनवटा कोठा र एउटा हलसहित १८ फुट चौडाइ र ९० फुट लम्बाइ हुने एकतले भवनमा २३ वटा पिलर रहनेछन् । पहिलो चरणमा पिलरसहित फण्डिसन निर्माण गर्न १० लाख बजेट ब्यबस्थापन गरिएको अध्यक्ष सुब्बाले बताए । सोही भवनको मेयर राइले शिलान्यास गरेका हुन् ।
निर्माण समिति मार्फत भवन निर्माणको काम शुरु भएको र एक बर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको वन समुहका अध्यक्ष देउमान लिम्बुले बताए ।
त्यसैगरी समुहको खाली रहेको करिब ४ कट्ठा वन क्षेत्रको जग्गामा सत्तिसालको विरुवा रोपिएको छ । मेयर दिलप्रसाद राईले बिरुवा रोपेर वृक्षारोपणको उद्घाटन गरेका थिए ।
त्यसैगरी सो सामुदायिक वनले वर्तमान समितिले कार्यभार सम्हालेको एक वर्षमा गरेका कार्यको विवरण सार्वजनिक गरेको छ । समुहले पूर्व समितिले देखाएको २३ लाख रुपैयाँ दायित्व मध्ये १८ लाख दायित्व भूक्तानी गरिसकेको अध्यक्ष देउमान सुब्बाले बताए ।
समुहले कार्यालयलाई ब्यबस्थित गर्दै ल्यापटप लगायत आवश्यक सामान खरिद गरिएको, कार्यालय मर्मत गरिएको, बिजुलीको काटिएको लाइन जोडिएको, आर्थिक कारोवारलाई पारदर्शी बनाउन वैंकिङ प्रणालीको शुरुवात गरिएको, विपन्नता सहायता कोषबाट मुटु र मृगौला रोगका विरामी उपभोक्ताहरुलाई उपचार सहयोग गरिएको, लकडी व्यवस्थापनका लागि घाटगद्दी निर्माण गरिएको, वन व्यवस्थापन कार्यक्रम अन्तर्गत फायरलाई निर्माण तथा सडक वत्ती जडान लगायतको कार्यृहरु गरेको अध्यक्ष लिम्बुले बताए ।
पुराना मौज्दात लकडी बिक्री तथा नयाँ निकासी गरी आर्थिक बर्ष २०८०/०८१ को अबधिमा ४५ लाख आम्दानी गरिएको अध्यक्ष सुब्बाले जानकारी दिए । कार्यालय शिलान्यास तथा बृक्षारोपण कार्यक्रममा समितिका केहि पदाधिकारीहरु नै अनुपस्थित थिए ।