२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

कौडेनामा नोबेल र केएमसीको स्वास्थ्य शिविर,  हजारभन्दा धेरैजनाको जाँच तथा उपचार

Author Uttari Morang
बिहिबार, आश्विन ०३, २०८१
कौडेनामा नोबेल र केएमसीको स्वास्थ्य शिविर,  हजारभन्दा धेरैजनाको जाँच तथा उपचार

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजेको संयुक्त स्वास्थ्य टोलीले सर्लाहीको कौडेनामा निःशुल्क स्वास्थ्य शिविर गरी  हजारभन्दा बढी ब्यक्तिको जाँच तथा उपचार गरेको छ ।

उक्त शिविरमा १ हजार २०१ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

बिरामीमध्ये २४७ जनाको भिडियो एक्सरे, १०७ जनाको ईसीजी, ७० जनाको ईको तथा ११७ जनाको ल्याब परीक्षण गरिएको थियो ।

त्यस्तै १२१ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ । शल्यक्रिया गर्नुपर्नेमध्ये केएमसीमा आउनेलाई निःशुल्क तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा जाँदा ५० प्रतिशत छुट हुने सांसद डा. शर्माले बताए ।

कौडेना नगरपालिकाका प्रमुख रुपेशकुमार बब्लुको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस प्रदेश अध्यक्ष कष्ण यादव, मधेस प्रदेशका अर्थमनत्री सुनील यादव, प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, कांग्रेस पूर्व सभापति लक्ष्मण राय, सांसद इन्दूकुमारी साहा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सांसद डा. शर्मा, राय, अर्थमन्त्री यादव, श्रम मन्त्री यादव, कांग्रेस पूर्व सभापति राय, कांग्रेस प्रदेश अध्यक्ष यादवले मन्तव्य राखेका थिए ।