२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

शिविरडाँडामा बन्नेभो पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन

Author Uttari Morang
शुक्रबार, चैत्र २९, २०८१
शिविरडाँडामा बन्नेभो पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन

पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन वडा नं १० को शिविरडाँडामा निर्माण गरिने भएको छ ।
नगरपालिकाले नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिएको हो ।
पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवनका लागि आवश्यक १२ कठ्ठा जग्गा दिने फागुन १२ गते नेपाल सरकारको मन्त्री परिषद्बाट निर्णय भएको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले जानकारी दिए ।
सो कार्यका लागि आवश्यक आर्थिक तथा टेन्डर आह्वान प्रक्रिया सँगसँगै अगाडि बढिरहेको नगर प्रमुख तुम्वापोले बताए  । नगर प्रमुख तुम्वापोले वैशाख महिनादेखि नै निर्माण कार्य सुरु भएर दुई वर्षभित्र सम्पन्न गर्ने उद्देश्य सहित अगाडि बढेको उल्लेख गरे ।
पत्रकार सम्मेलनमा नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, लेखा शाखा प्रमुख पीताम्बर वस्ती लगायतको उपस्थिति थियो ।