२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

गायनतर्फ राज र नृत्यमा गरिमाले जिते प्रथम पथरीशनिश्चरे नगर आइडल

Author Uttari Morang
सोमबार, जेठ २७, २०८२
गायनतर्फ राज र नृत्यमा गरिमाले जिते प्रथम पथरीशनिश्चरे नगर आइडल

मोरङ्गको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीशनिश्चरे नगर आइडल जितेका छन् ।
आइडल जितसँगै दुवै जनाले नगर ४० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । आज हरियाली सामुदायिक वन समूहको सभा हलमा भएको ग्राण्ड फिनालेमा गायनतर्फ अभिशेक लिम्बू दोस्रो र तुलशा थापा तेस्रो भएका छन् । नृत्यतर्फ सुजता घिसिङ र नितेश राई क्रमस दोस्रो, तेस्रो भएका छन् ।
गायन र नृत्य दुवैतर्फका दोस्रो र तेस्रोहुने कलाकारले क्रमस २० र १० हजार नगद, ट्रफि र प्रमणपत्र प्राप्त गरेका छन् । विजेता सम्पूर्ण कलाकारहरुलाई पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापो, कला साहित्य प्रबद्र्धन समितिका अध्यक्ष धनराज राई (अमिर) लगायतको हातबाट पुरस्कार प्रदान गरिएको थियो।
’प्रतिभा पहिचान, पथरीशनिश्चरेको शान’ भन्ने मूल नाराको साथ भएको गायन र नृत्य प्रतियोगितामा करिव २ महिनादेखि गाउँगाउँमा गएर अडिसन, मेघा अडिशनहुँदै गायनतर्फ १० र नृत्यतर्फ १० जनालाई फाइनल राउण्डमा लगिएको कार्यक्रम संयोजक लक्ष्मीप्रसाद फुयालले बताए ।
निर्णायकमा गायनतर्फ गौरव दर्पण, नन्दु गुरुङ र सृष्टि हिङमाङ रहेका थिए