२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

केराबारी गाउँपालिकाद्वारा १ अर्ब ११ करोडको बजेट सार्वजनिक

Author Uttari Morang
शुक्रबार, आषाढ १२, २०८३
केराबारी गाउँपालिकाद्वारा १ अर्ब ११ करोडको बजेट सार्वजनिक

मोरङको केराबारी गाउँपालिकाकोले आर्थिक वर्ष २०८३/0८४ का लागि १ अर्ब ११ करोड ८१ लाख ५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

विक्रम सम्वत २०८३ असार १० गते केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मेरिङचिङ मगरको अध्यक्षतामा सम्पन्न १८औँ गाउँसभा अधिवेशनबाट सो बजेट सार्वजनिक भएको हो। २०८२ जेठ २७ गते सुरु भएको गाउँ अधिवेशन अन्तर्गत गाउँसभाको पहिलो र दोस्रो बैठकले तालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो। त्यसैगरी  असार १० गते भएको गाउँसभाको तेस्रो र चौथो बैठकले विभिन्न विधेयकहरू पारित सहित आर्थिक वर्ष   २०८३/८४ का लागि बजेट प्रस्तुत तथा पारित गरेको थियो। केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरले आर्थिक विधेयक २०८३ र विनियोजन विधेयक २०७३ अन्तर्गत बजेट सार्वजनिक गरेकी थिइन्।

बजेटमा आयतर्फ संघीय सरकार अनुदान, प्रदेश सरकार अनुदान, राजस्व बाँडफाँड, आन्तरिक स्रोत, लागत साझेदारी र सामाजिक सुरक्षा जस्ता शीर्षकमा बजेट विनियोजन भएको छ ।  त्यस्तै व्ययतर्फ कार्यालय सञ्चालन,  पालिका अस्पताल सञ्चालन अनुदान, बहुवर्षीय आयोजना, क्रमाङ्गत आयोजना, समपरक कोष, विपद व्यवस्थापन  कोष,  मर्मत संहार कोष, कर्मचारी कल्याण कोष, वडा सिलिङ, विषयगत शाखा, रेमि परियोजना साझेदारी,   संघीय अनुदान तर्फको चालु खर्च, सङ्घीय सशर्त अनुदान तर्फको पुँजीगत खर्च, प्रदेश सशर्त पुँजीगत अनुदान,  संघीय समपरक अनुदान, संघीय विशेष अनुदान,   प्रदेश समपुरक अनुदान, सामाजिक सुरक्षा, लागत साझेदारी सहभागिता, चालु आबमा सृजना हुने दायित्वको भुक्तानी,   विविध भैपरि पुँजीगत र केराबारी बृहत खानेपानी आयोजना निर्माण साझेदारी कार्य जस्ता शीर्षक समेटिएका छन्।

 कार्यपालिका सदस्यहरू सहित अधिकांश जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरूको समेत उपस्थितिमा भएको गाउँसभा अधिवेशनले आर्थिक विधेयक २०७३, विनियोजन विधेयक २०७३, न्यायिक समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, बेरुजु नियमित गर्ने प्रस्ताव, मेलमिलापकर्ताको सूची अनुमोदन सम्बन्धी प्रस्ताव, विद्यालय शिक्षा क्षेत्रको योजना २०८२- ०९१ स्वीकृत गर्ने प्रस्ताव र केराबारी गाउँपालिकाको शिक्षा विधेयक (तेस्रो संशोधन २०८३) पारित गरेको छ।

गाउँसभा अधिवेशनमा प्रस्तुत  भएको बजेट तथा विधेयक र प्रस्तावहरूमा जनप्रतिनिधिहरुले जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए ।  गाउँपालिका अध्यक्ष  सुमन मिरिङचिङ मगरले  प्रश्नको उत्तर दिएका थिए।