२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

नगरपालिकाको ताकेतापछि सक्रिय बन्न खोज्दै बेलबारीका सहकारीहरू

Author Uttari Morang
सोमबार, जेठ १८, २०८३
नगरपालिकाको ताकेतापछि सक्रिय बन्न खोज्दै बेलबारीका सहकारीहरू

बेलबारी नगर क्षेत्रमा रहेका सहकारी संस्थाहरूमध्ये आधाजसो सहकारी संस्थाहरू  निस्क्रिय रहेको फेला परेपछि नगरपालिकाले सहकारी संस्थाहरुलाई  विवरण अध्यावधिक गर्नका लागि सूचना जारी गरेको छ।

नगरपालिका ले २०७३ जेठ ६ गते एक सूचना प्रकाशित गरी बेलबारी नगरपालिका सहकारी ऐन २०७५ को  दफा ५२ एक र दुई बमोजिम उपलब्ध गराउनुपर्ने विवरणहरू दुई वर्षसम्म नबुझाउने सहकारी संस्थाहरूका लागि १५ दिने सूचना जारी गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजयकुमार राज लवट ले हस्ताक्षर गरी जारी गरेको सूचनामा नगरपालिकामा बुझाउनुपर्ने विवरण के कति कारणले नबुझाइएको हो सो सम्बन्धी संस्थाको आधिकारिक धारणा सहित विवरण बुझाउन भनिएको छ   तोकिएको अवधिमा विवरण नबुझाइए  प्रचलित कानुन अनुसार भइजाने व्यहोरा सूचनामा उल्लेख गरिएको छ।

बेलबारी नगरपालिकाको कृषि तथा सहकारी शाखा नगरपालिका क्षेत्रमा कुल ८६ वटा सहकारी संस्थाहरू  छन्। जसमध्ये स्थानीय तह मातहत ६८ वटा, प्रदेश तह मातहत ११ वटा र केन्द्रीय तहका सहकारीका आठवटा सेवा केन्द्र छन् ।  त्यसमध्ये   स्थानीय तहमातहतका ३९ वटा, प्रदेश तह मातहतका ११ वटा र केन्द्रीय तहका सातवटा सहकारी संस्था तथा सेवा केन्द्रहरू  सक्रिय रहेको बेलबारी नगरपालिकाको कृषि तथा सहकारी शाखा प्रमुख झमक प्रसाद घिमिरेले जानकारी दिए।

नगरपालिकाको रेकर्ड अनुसार स्थानीय तह मातहत रहेका ६८ वटा सहकारीहरूमध्ये बचत तथा ऋण सहकारी ३८ वटा, कृषि सहकारी २५ वटा  र बहुउद्देश्य सहकारी संस्था पाँचवटा छन् । नगरपालिकाले सूचना जारी गरेपछि निष्क्रिय रहेका सहकारी संस्थाहरूमध्ये यही सहकारी संस्थाहरु सम्पर्कमा आइ अध्यावधिक हुन थालेको र सम्पर्कमा पनि नआएका र अध्यावधिक नभएका सहकारी संस्थाहरुलाई खारेज गर्ने प्रक्रियामा अगाडि बढाउने तयारी भइरहेको बेलबारी नगरपालिकाले जनाएको छ।