२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

केराबारी गाउँपालिकाद्वारा विभिन्न वडाका योजनाहरुको अनुगमन

Author उत्तरी मोरङ
बिहिबार, आषाढ २५, २०८३
केराबारी गाउँपालिकाद्वारा विभिन्न वडाका योजनाहरुको अनुगमन

केराबारी गाउँपालिकाले  विभिन्न वडाका योजनाहरुको अनुगमन गरेको छ ।

उपाध्यक्ष  मनमाया मगरको  संयोजकत्वमा अनुगमन समितिका पदाधिकारी, जनप्रतिनिधि, प्राविधिक कर्मचारी, सम्बन्धित वडाका प्राविधिक तथा कर्मचारी  लगायतको उपस्थितिमा वडा नम्बर ३, ४, ५, ७, ९ र १० का बिभिन्न योजनाहरुको अनुगमन गरिएको  थियो ।

अनुगमन भएका योजनाहरुमा वडा नं ३ को ३ को रामपुर सडक स्तरोन्नति, निर्माणधिन माङहिम, वडा नं ४ को वडा कार्यालय ट्रष्ट निर्माण, याम्फु संग्राहलय भवन निर्माण प्रयोजनार्थ स्थान व्यवस्थापन, टाकुरे लिफ्टिङ सिचाई, वडा नं ५ को सावित्री मा. बि. बिधालय भवन निर्माण , राजारानी सडक स्तरोन्नति अन्तरगत ड्रेन तथा ग्याबिन जाली निमार्ण, प्रगति चोक सडक खण्ड आर.सि.सि. कलभर्ट निर्माण आदि छन्  । अनुगमन टोलीले  नं ७ को श्री:कल्याणेश्वर महादेव मन्दिर निर्माण, वडा नं ८ को हजारबिघा टोलमा हयुम पाईप सहित कल्भर्ट निर्माण, वडा कार्यालय भवन मिटिङ हल निर्माण, बाटोघरे मार्ग र खोरिया मार्ग एजिङ, वडा नं ९ को बेलचौरी खानेपानी डिपबोरिङ निर्माण, बुद्ध मा. बि. छात्रा सौचालय निर्माण, अन्त्येश्टी घाट घाट / शौचालय  को  पनि अनुगमन गरेको छ ।

अनुगमन भएका अन्वय योजनाहरुमा डा नं १० को बसपार्क ब्यवस्थापनको लागि सुकुना पैनी ब्यवस्थापन, खदम मुक्तिघाट्मा पानी टयाङ्की निर्माण, गैरिटोल पुर्व पश्चिम सडक एजिङ, हिमाल चोक पुर्व दक्षिण मदन भण्डारी राजमार्ग सम्म सडक ड्रेन / एजिङ र विभिन्न स्थानको बाटो ग्राभेल तथा स्तरोन्नति आदि छन ।