२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

६५ बर्षिया धनमाया, जो समाजकै एक नमूना अभिभावक भएकी छिन्

Author Uttari Morang
बिहिबार, आश्विन ०४, २०७५
६५ बर्षिया धनमाया, जो समाजकै एक नमूना अभिभावक भएकी छिन्

धेरै अभिभावकहरु आफना छोराछोरी, नातिनातिनी बिद्यालय पुर्याएपछि ढुक्क महशुस गर्छन । बिद्यालय पुगेपछि उनीहरु के गर्छन,पढछन या पढदैनन्,उनीहरु के सिकिरहेका छन उनीहरुलाई हेक्का समेत हुँदैन । तर मोरङको बेलबारी ४ की धनमाया गुरुङ अपवादको रुपमा रहेकी छिन ।

उनी आफना नातिनातिनालाई बिद्यालय पुर्याउने मात्र हैन,खाली समयमा बिद्यालय भित्रै पुगेर समेत पढाउने गर्छिन ।
धनमायाका एक नातिनि र एक नाति बेलबारी नगरपालिका ४ मा रहेको कसेनी माध्यमिक बिद्यालयमा अध्यायनरत रहेका छन । नातिनातिनीको अभिभावक बनेकी उनी बिहान १० बजे बिद्यालय पुग्छिन, दिनभर उनीहरुको हेरचाह गर्छिन,पढाई नभएको समयमा उनी आफैं पढाउंछिन र बेलुका बिद्यालय बिदा भएपछि नातिनातिनी सँगै घर फर्किन्छिन ।
सोही सो कार्यको मुल्यांकन गर्दै बिद्यालयमा बिहिबार आयोजित कार्यक्रममा बेलबारी जेसिजका महासचिव राजेन्द्र अधिकारीको अगुवाइमा उत्कृष्ट अभिभावकको रुपमा नगद ५५ सय सहित सम्मान गरिएको छ ।

उनलाई  बेलबारी जेसिजका अध्यक्ष राजन प्रसाई र महासचिब राजेन्द्र अधिकारीले ५ हजार र कार्यक्रमका प्रमुख अतिथि रहेका एकिकृत हातेमालो समाज नेपालका अध्यक्ष डिल्लीराम गिरीले ५ सय थप गरी ५५ सय रुपैया प्रदान गरेेका छन्  ।

कार्यक्रम एकीकृत हातेमालो समाज नेपालका अध्यक्ष तथा निबर्तमान केन्द्रिय बालकल्याण समितिका अध्यक्ष डिल्लिराम गिरी, प्रमुख अतिथ्यमा भएको थियो । त्यसैगरी नेेपाली कांग्रेसका नेता महेन्द्र सुुवेदी, संंस्थागत विद्यालयका तर्फबाट  ईरान राई, बेलबारी ४ का वडाध्यक्ष रामकुमार राई , बेलबारी जेसिजका अध्यक्ष राजन प्रसाईं लगायतको विशेष अातिथ्यता थियो । –  नरेन्द्र बस्नेत