२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बिदेश गएर फर्केका युवाले मोरङ बेलबारीमा खोले बिदेशको जस्तै आधुनिक मासु पसल ‘मिट–मार्ट’

Author Uttari Morang
शुक्रबार, मंसिर ०७, २०७५
बिदेश गएर फर्केका युवाले मोरङ बेलबारीमा खोले बिदेशको जस्तै आधुनिक मासु पसल ‘मिट–मार्ट’

मोरङको बेलबारीमा बिदेशको जस्तै अत्याधुनिक ‘मिट–मार्ट’ नामक मासु पसल खुलेको  छ ।

उपभोक्तालाई सफा र स्वास्थ्यदायी मासु विक्री गर्ने उद्देश्य सहित उच्च प्रविधिमा आधारित ‘मिट–मार्ट’ खुलेको हो । बेलबारी ३ स्थित पश्चिम बसस्टेण्ड दक्षिणतर्फ मंसिर १ गतेदेखि सञ्चालनमा रहेको ‘मिट–मार्ट’ ले धेरैको ध्यान खिचेको छ ।

नयाँ प्रविधी र शैलीका साथ संभवत पुर्वी नेपालमै पहिलो ‘मिट–मार्ट’ खोलिएको सञ्चालक बेलबारी ४ का मिलन गुरुङले बताए ।

वैदेशिक रोजगारका लागि कतारमा रहँदा फुड सेन्टरमा काम गरेको ६ वर्षको अनुभव र त्यसपछि नेपालमै ७ वर्ष भन्दा वढि समय कुखुरापालन गर्दाको अनुभव पश्चात ‘मिट–मार्ट’ सूरु गरेको गूरुङको भनाई छ ।

मासुका सबै खालका परिकारहरुको शुद्धता र पौष्टिकता सुरक्षित रहने गरी फ्रोजन, र्यापिङ तथा प्याकिङ गरिएका मासु बिक्री गरिने गरेको गुरुङले बताए । यसरी प्याकिङ गरिएको मासुमा ताजापन रहने तथा हानीकारक व्याक्टेरियाहरु पनि नरहने गूरुङको दावी छ ।

‘मिट–मार्ट’ मा खसी तथा कुखुराको मासुका विभिन्न परिकारहरु बोनलेस, स्किनलेस, होल चिकेन, विङ्स, बोनलेस फिस लगायत, नेपाली मौलिक परिकार लोकल कुखुराको तिते तथा खसीको भुटन लगायतका परिकार उपलब्ध छन् ।

आफैले सञ्चालन गरेको एकता कृषि फारमका उत्पादन साथै अन्य फर्महरुका उत्पादनहरु ल्याएर माग पुरा गर्ने गुरुङको भनाई छ । ‘मिट–मार्ट’ का लागि हालसम्म ३० लाख रुपैयाँ भन्दा धेरै खर्च भएको गुरुङले जानकारी दिए ।