२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पर्यटक लोभ्याउन जोरपाटीमा बन्यो पुर्वकै नमूना ‘ट्री हाउस’, हेर्नेहरुको लाम

Author Uttari Morang
शुक्रबार, कार्तिक ०१, २०७६
पर्यटक लोभ्याउन जोरपाटीमा बन्यो पुर्वकै नमूना ‘ट्री हाउस’, हेर्नेहरुको लाम

नेपाल पर्यटन बर्ष सन २०२० नजिकिँदै जाँदा पुर्वी पहाडी जिल्ला धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ५ परेवादिन चुम्लुङ टोलमा आर्कषक ट्री हाउस निर्माण गरिएको छ ।
ट्री हाउस सञ्चालकद्धय हेम लिम्वु र प्रेम लिम्वुका अनुसार त्यस स्थानमा पर्यटक आकर्षण गर्न र स्थानियहरुलाई रोजगारीको अवसर र्सिजना गर्दै वसाई सराईको क्रम लाई समेत न्यूनिकरण गर्ने लक्ष्यका साथ ट्री हाउस सञ्चालनमा ल्याईएको हो ।
हेम र प्रेमले आफ्नै जग्गामा करिव ३ लाख वढी आर्थिक लागतमा यो ट्रि हाउस निर्माण गरेका हुन् । ४२ महिना विदेशमा काम गरेर केही वर्ष अघि मात्र घर फर्किएका ३१ वर्षका हेम र गाउँ मै सामुदायीक स्वास्थ्य ईकाईमा काम गरिरहेकाा २६ वर्षका प्रेमले निर्माण गरेको ट्री हाउस यतिबेला सो क्षेत्रमा आर्कषक गन्तव्य बनेको छ ।
छिमेकी दाईभाई दुई जनाले मिलेर सञ्चालन गरेको ट्री हाउस वरको रुखमा निर्माण गरिएको छ ।

अहिले उनीहरुले ट्री हाउस पूरा निर्माण पनि गरिसकेका छैनन् । अझ यसलाई सुन्दर र व्यवस्थित वनाउदै त्यही क्षेत्रमा अरु काम पनि गर्ने योजना रहेको उनीहरुले वताउँछन ।