२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

सिराहालाई ३–१ ले पराजित गर्दै धरान फुटबल क्लब डाँगीहाट गोल्डकपको सेमिफाइनलमा

Author Uttari Morang
सोमबार, कार्तिक ०४, २०७६
सिराहालाई ३–१ ले पराजित गर्दै धरान फुटबल क्लब डाँगीहाट गोल्डकपको सेमिफाइनलमा

सिराहा फुटबल क्लब गोलबजारलाई पराजित गर्दै धरान फुटबल क्लब तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

गोलबजारलाई ३–१ गोल अन्तरले पराजित गर्दै धरानले सेमिफाइनलमा स्थान बनाएको हो ।

मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी गोल्डकपको सोमबारको खेलमा धरानका वर्तमान राई, बुद्ध चेमजोङ र प्रकाश बुढाथोकीले क्रमशः ३२, ४८ र इन्जुरी समयमा गोल गरे । सिराहाका ईसान राईले ५० औ मिनेटमा एक गोल गरे । खेलमा थप गोल हुन नसक्दा सिराहा प्रतियोगिताबाट बाहिरियो ।

इन्जुरी समयमा गोल गरेका धरानका प्रकाश नै खेलको म्यान अफ द म्याच भए । उनले नगद ५ हजार प्राप्त गरे ।

मंगलबार ब्वाइज युनियन काठमाण्डौ र डाँगीहाट फुटबल क्लब निलो बिच प्रतिष्पर्धा हुने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले बताए ।

यसअघि आइतबार भएको उद्घाटन खेलमा काँकडभिट्टालाई  पाखा लगाउदै चर्च ब्वाइज क्लब काठमाण्डौले अन्तिम चारमा स्थान बनाएको थियो ।

गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने छ  ।

प्रतियोगितामा डाँगीहाट फुटबल क्लब मोरङ रातो, चर्च ब्वाइज क्लब काठमाण्डौ, धरान फुटबल क्लब सुनसरी, ब्वाइज युनियन काठमाण्डौ, डाँगीहाट फुटबल क्लब मोरङ निलो, पाँचथर क्लब पाँचथर, सिराहा फुटबल क्लब गोलबजार सिराहा र काँकडभित्ता ट्रेनिङ सेन्टर झापा गरि जम्मा ८ टिमले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल कात्तिक १० गते हुनेछ ।