२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

भुकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माणका लागि बेलबारीमा गरियो सचेतना कार्यक्रम

Author Uttari Morang
बिहिबार, माघ ०२, २०७६
भुकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माणका लागि बेलबारीमा गरियो सचेतना कार्यक्रम

बेलबारी नगरपालिकाले भुकम्प प्रतिरोधात्मक घर निर्माण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

२२ औं भुकम्प सुरक्षा दिवसको सन्दर्भमा बिहीबार आयोजित कार्यक्रमका सहभागीले भुकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माणमा जोड दिएका हुन् ।

नगरपालिकाले गरेको भुकम्प सम्बन्धि सचेतना कार्यक्रमका सहभागीहरुले भुकम्प तथा अन्य दैविक प्रकोपबाट बच्ने खालका संरचना निर्माणका लागि निर्माण व्यवसायीले ध्यान दिन आग्रह गरिएको छ ।

कार्यक्रममा बोल्दै उपमेयर ढाका कुमारी पराजुलीले दक्ष जनशक्ति तथा प्राविधिकहरुले निगरानी गरेर संरचनाहरु बनाउँदा धनजनको क्षति हुने सम्भावना कम रहेको बताईन् । प्राकृतिक प्रकोप तथा बिपदको पुर्व तयारीका लागि नगरपालिकाले यस बर्ष ४० लाख बजेट छुट्याएको बताउँदै उनले बिपतको पुर्व तयारीका लागि चाँडै आवश्यक सामग्रीहरु खरिद गर्ने बताइन् ।

उनले निर्माण ब्यबशायीहरुसँग नगरपालिकाले अन्तरक्रिया तालिम आयोजना गर्ने योजना रहेको बताउँदै उनले निर्माण मजदुरहरुको हक हित तथा पेशागत सुरक्षामा नगरपालिकाले ध्यान दिने बताइन् ।

त्यस्तै घर बनाउँदा सावधानी नअपनाएकै कारण क्षति हुने गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताए । बैँकबाट ऋण लिनका लागि मात्रै नक्सा पास गरेर घर बनाइने गरेको समेत उनले बताए । शाहले घर बनाउँदा नगरपालिका बाट नक्सा पास गराएर मात्रै घर बनाउन आग्रह गरे । बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले संरचना बनाउँदा दक्ष जनशक्तिको प्रयोग गर्नु पर्नेमा जोड दिए ।
नगरपालिकाका भवन नियमन शाखाका प्रमुख इनजिनियर बिरेन्द्र गिरीले स्थान छनौट,भित्ता, झ्याल ढोका, पिलर तथा बिम बनाउंँदा  ध्यान दिनुपर्ने कुराहरू प्रस्तुत गरे । कार्यक्रममा निर्माण व्यावसायी, कन्सलटेन्सी, सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।