२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
समाचार

“घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्”

Author Uttari Morang
शनिबार, जेठ २४, २०७७
“घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्”
 “घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्”
स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा “घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्”  भन्ने मूल नाराका साथ नेपाज
लमै अनौठो प्रतियोगिताः डिजीपे–लकडाउन्स गट ट्यालेन्ट सुरु गरेको छ ।
कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनमा स्वःस्फूर्त रुपमा टिकटक, फेसबुकसहितका सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा यसैलाई अवसरमा रुपान्तरण गर्न ‘डिजीपे– लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो ।
यो प्रतियोगितामा भाग लिन आफूमा रहेको जुनसुकै प्रतिभा (नृत्य, गायन, अभिनय, जादुगरी, संगीत, पाककला (कुकिङ), टिकटक, कविता आदि)को भिडियो बनाइ पठाउनु पर्ने र ती भिडियो सामाजिक सञ्जालमा लाइक, सेयरको आधारमा प्रतियोगिताका विजयी छनोट गरिने स्टेट एट मिडियाका कार्यकारी अध्यक्ष शालिनी नेपालले बताउनु भयो ।
नेपालका अनुसार यो प्रतियोगितामा निःशुल्क सहभागिता जनाउन सकिने छ ।
“प्रत्येक पटक १०–१० जना गरी चार राउन्डमा ४० जना र अत्याधिक लाइक भिडियोका आधारमा थप १० जना मोस्ट पपुलर गरी ५० जनालाई पहिलो चरणमा छनोट गरिनेछ,” प्रतियोगिताका मुख्य प्रायोजक एवं सह–आयोजक डिजीपेका कार्यकारी निर्देशक दिवाकर पाण्डेले भन्नुभयो ।
ती ५० जना प्रत्येकको डिजीपे खातामा तत्कालै १–१ हजार रुपैयाँ नगद जम्मा गरिने, उनीहरूले विभिन्न प्रायोकहरु जस्तै बेननेभिज आइसक्रिमका तर्फबाट गिफ्ट ह्याम्पर, नेटम्याक्सका तर्फबाट ३ महिनासम्म निःशुल्क इन्टरनेट, टीटाइम र कफी ब्रेकले ५०० रुपैयाँबराबरको गिफ्ट ह्याम्पर, एलओडी डिस्कोमा लकडाउन खुलेपछि जोडीलाई  निःशुल्क प्रवेशका साथै स्न्क्याक्स र ड्रिंक्सलगायतका पुरस्कार पाउने आयोजकले जनाएको छ ।
“यो यस्तो यूनिक प्रतियोगिता हो, जसको कुनै निर्णायक (जज) हुने छैनन्, सामाजिक सञ्जालहरूमा अत्याधिक सेयर, लाइक र कमेन्टकै आधारमा विजेता छानिनेछ,” दिवाकर पाण्डेले भन्नु भयो ।
करिब दुई महिनासम्म सञ्चालन हुने यो प्रतियोगिताको अन्तिम स्पर्धाका मुख्य बिजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिने डिजीपेले जनाएको छ ।
प्रतियोगितामा भाग लिन पहिलो चरणका प्रतिष्पर्धी भिडियोहरू जेठ ३० गते भित्र पठाउनु पर्ने र असार १ गते पहिलो चरणको भोटिङ र दोस्रो चरणको भिडियो आवेदन लिन सुरु गरिने सहआयोजक डिजीपेका पाण्डेले बताउनु भयो ।
प्रतियोगिताका सहभागिताका लागिः