२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

बेलबारीमा बैंक हप्तामा ३ दिन र खाध्यान्न, निर्माण सामग्री तथा स्टेसनरी पसल दैनिक खुल्ने

Author Uttari Morang
बुधबार, आषाढ ०२, २०७८
बेलबारीमा बैंक हप्तामा ३ दिन र खाध्यान्न, निर्माण सामग्री तथा स्टेसनरी पसल दैनिक खुल्ने

मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औ नगर कार्यपालिकाको बैठकले बैंकहरुलाइ हप्तामा तीन दिन खोल्न अनुमति दिने  निर्णय गरेको छ ।

बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवदीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मापदण्ड पालना गराइ बिहान ६ देखि १० बजेसम्म विभिन्न खालका ब्यबशायहरु  खुलाउने निर्णय गरेको छ  ।

बिहान खोल्न पाउने पसल तथा ब्यबशायमा खाध्य बस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, खानेपानी, माछामासु, बिद्यालय, पुस्तक पसल, सार्वजनिक निर्माणमा प्रयोग हुने छड, सिमेन्ट, डन्डी, बिधुतिय सामाग्री बिक्री गर्ने पसल लगायत अत्यावश्यक सामग्री आपुर्ति  गर्ने पसल तथा ब्यबसायहरु छन् ।

यसअघि बैंकहरुलाइ हप्तामा दुई दिन खोल्ने अनुमति दिइएको थियो भने अत्यावश्यक खाद्य सामग्रीका पसलहरुलाइ बिहान ७ देखि १० बजेसम्म खोल्न अनुमति दिइएको थियो ।