२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
समाचार

झापाली समाज कतारको ११ औँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

Author Uttari Morang
आइतबार, फाल्गुण ११, २०८१
झापाली समाज कतारको ११ औँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

झापाली समाज कतारको ११ औँ अधिवेशनबाट अध्यक्षमा चानीलाल राजबंशी र महासचिवमा बिमल भारती निर्वाचित भएका छन् । २१ फेव्रुअरी २०२५ तारिख अर्थात गत शुक्रबार ग्राण्डमलस्थित वेल फेयर रेष्टुरेण्टको सभाहलमा बिभिन्न कार्यक्रमसहित आयोजित अधिवेशनबाट अध्यक्षमा राजवंशी र महासचिवमा भारतीसहित नयाँ नेत्तृत्व सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेशप्रसाद दुलाल, द्धितीय उपाध्यक्षमा किरण परियार, सचिवमा शारदा भुजेल र कृष्ण कार्की, कोषाध्यक्षमा लोक थापा र सह–कोषाध्यक्षमा युबराज बराल सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यमा भुपेन्द्र भारती, रानाबहादुर निरौला, बिनिता चौधरी, किरण राजबंशी, अजय गिरी, लुखिराम टुडु, पुजन गिरी, सरु टुडु, बाचसपति आचार्य, लक्ष्मी उप्रेती, बिशाल राजबंशी, रविन काफ्ले र बिष्णुप्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका महासचिव बिमल भारतीले जानकारी दिए ।

अधिवेशनको उद्घाटन सत्रमा समाजका अध्यक्ष केशव कार्कीको सभापतित्व तथा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बिशिष्ट अतिथिमा अन्तर्राष्ट्रिय झापाली समाजका बरिष्ठ उपाध्यक्ष महेन्द्र चम्लागाई, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष चुडामणि कार्की, अन्तर्राष्ट्रिय झापाली समाजका महासचिव नविन पोख्रेल साथै झापाली समाजका संरक्षकहरुको बिशिष्ठ आतिथ्य रहेको थियो ।