२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

कालोपत्रे हुनेभो बसन्तपुर म्याग्लुङ सडक, दुई अर्ब सात करोड बिनियोजन

Author Uttari Morang
शनिबार, भाद्र ०९, २०७५
कालोपत्रे हुनेभो बसन्तपुर म्याग्लुङ सडक, दुई अर्ब सात करोड बिनियोजन

तेह्रथुमको बसन्तपुरदेखि म्याग्लुङ मध्य पहाडी पुष्पलाल लोकमार्ग सडक खण्ड कालोपत्रे गर्न सरकारले २ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश नम्बर १ अन्तरगत तेह्रथुम जिल्लाको बसन्तपुर— म्यागलुङ मध्य पहाडी पुष्पलाल लोकमार्ग सडक खण्ड कालोपत्रको लागि बजेट विनियोजन गरेको  अर्थ मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय गौरबको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बसुन्तपुर—म्याङलुङ खण्ड अन्तर्गत तेह्रथुम जिल्लाको सदरमुकाम र कोशी राजमागी जोड्ने सडकको अवस्था खराब भएकोले आगामी ३ वर्ष भित्रमा २ लेनको कालोपत्रे गर्नको लागि बजेट विनियोजन गरिएको मन्त्रालयद्वारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ ।