२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

जनतालाई सेवा दिन जनप्रतिनिधि आफैंंले चलाए हेल्पडेक्स

Author Uttari Morang
बिहिबार, भाद्र १४, २०७५
जनतालाई सेवा दिन जनप्रतिनिधि आफैंंले चलाए हेल्पडेक्स

उत्तम पोख्रेल, बेलबारी मोरङ । गाँउ गाँउमा सिहदरवार आएको भनिए पनि  कर मात्रै बढाएको भन्दै  बिरोध भइरहेका बेला बेलबारी नगरपालिकाको एउटा वडा कार्यालयले अर्को प्रसंंसनीय कार्यको थालनी गरेको छ ।

बेलबारी नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधहरुले हेल्प डेस्कको स्थापना गरेका हुन् । सेवाग्राहीलाइ छिटो छरितो र काममा सहजता दिलाउने उदेश्यका साथ हेल्प डेस्ककको स्थापना गरीएको वडा अध्यक्ष उदयवहादुर राई (राजु) ले बताए ।
हेल्प डेक्समा ४ जना वडा सदस्यहरुले सेवा दिने छन । प्रत्येक दिन एक जना सदस्यले सेवा दिने अध्यक्ष राईले बताए । डेक्सवाट ब्यक्तिगत घट्नाको फर्म भर्ने, सिफारीस गर्ने लगायतका सवै सिफारिस निशुल्क गर्ने गरिएको उनलेे बताए ।

कर्मचारी सरहनै वडा सदस्यहरु कार्यालय समय सम्मनै वसेर काम गर्छौ सदस्य मन्जु पोख्रेलले भनिन सेवा लिन आउने सेवाग्रहिले अब पैशा तिर्नु पर्देन । बिहान १० बज्दानै कार्यालयमा आएर बिदा नभए सम्म बस्ने गरेको उनले बताईन।
हेल्पडेक्स स्थपना भएपछि काम लिएर आउने सेवाग्रहि नठगीने बिस्वास वडा कार्यालयले लिएको छ ।

जनताका सग प्रत्यक्ष भेटघाट हुने तथा उनिहरुका समस्या समेत जनप्रतिनिधिले बुझन पाउने अध्यक्ष राइको भनाइ रहेको छ ।वडा कार्यालयमा दैनिक १ सय भन्दा वढी सेवाग्रही वडा कार्यालमा आउने गरेका छन ।