२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

कसेनी माविका सयभन्दा बढी विद्यार्थीलाई डेढ लाख बराबरका शैक्षिक सामग्री बितरण

Author Uttari Morang
बिहिबार, आश्विन ०४, २०७५
कसेनी माविका सयभन्दा बढी विद्यार्थीलाई डेढ लाख बराबरका शैक्षिक सामग्री बितरण

एकीकृत हातेमालो समाज नेपालको सौजन्यमा मोरङ बेलबारी नगरपालिका ४ स्थित कसेनी माध्यमिक बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार १ सय ३ जना छात्र छात्राहरुलाई डेढ लाख बराबरका शैक्षिक सामग्री बितरण गरिएको छ ।

बिहीबार एक कार्यक्रम गरि ती विद्यार्थीहरुलाइ प्रति विद्यार्थी एचपी ब्राण्डको स्कुल ब्याग, १ सेट स्कुल ड्रेस, एक दर्जन कापी, एक दर्जन डटपेन र एक थान ज्यामिती बक्स बितरण गरिएको हो । बेलबारी जेसिजका महासचिव राजेन्द्र अधिकारीको पहलमा भएको उक्त कार्यक्रममा  एकीकृत हातेमालो समाज नेपालका अध्यक्ष तथा  केन्द्रिय बालकल्याण समितिका निबर्तमान अध्यक्ष डिल्लिराम गिरी प्रमुख अतिथि थिए ।

त्यसैगरी बेलबारी बहुमुखी क्याम्पस संचालक समितिका उपाध्यक्ष महेन्द्र सुवेदी, निजि बिधालयको तर्फबाट इरान राई , वडा अध्यक्ष रामकुमार राई, बिशिष्ट अतिथि थिए ।

कार्यक्रममा विभिन्न संघ सस्थाबाट अतिथी र ५०० भन्दा धेरै छात्र छात्राहरु तथा २०० जना भन्दा बढी अभिभावकहरुको उपस्थिति  थियो । उक्त कार्यक्रमको अध्यक्षता राजेन्द्र ब अधिकारीले गरेका थिए ।

सो अबसरमा जेसिजका अध्यक्ष राजन प्रसाइंं, वडाध्यक्ष रामकुमार राई, निजि बिधालयका तर्फबाट बिशिस्ट अतिथि इरान राई र बेलबारी बहुमुखी क्याम्पस संचालक समितिका उपाध्यक्ष महेन्द्र सुवेदी र प्रमुख अतिथी डिल्लीराम गिरीले विद्यार्थीहरुलाइ डेढ लाख बराबरका शैक्षिक सामग्री बितरण गरेका थिए ।