२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

दुवै मृगौला फेल भएका केराबारीका दुर्गा मगरको उपचारमा आर्थिक समस्या, सहयोगको अपील

Author Uttari Morang
बुधबार, आश्विन १०, २०७५
दुवै मृगौला फेल भएका केराबारीका दुर्गा मगरको उपचारमा आर्थिक समस्या, सहयोगको अपील

मोरङको केरावारी गाउँपालिका वडा नं ५ निवासी श्री दुर्गा कुमार मगरको दुवै मृगौला फेल भएकोले सहयोगको लागि परिवारले याचना गरेका छन् ।

हाल काठमाडौ पुल्चोक स्थित निदान अस्पतालमा उपचार भइरहेको र डाइलोसिस गर्ने खर्चको समेत  अभाव भइरहेकोले सहयोगको याचना  गरिएको हो ।

उनको थप उपचार तथा मृगौला प्रत्यारोपण गर्न समेतको लागि आर्थिक सहयोग आवश्यक परेकोले सहयोग जुटाउनका लागि केराबारीका युवाहरूको सक्रियताबाट सुमन मिरिङ्चिङ मगरको संयोजकत्वमा ११ सदस्यीय दुर्गा कुमार मगर बचाउ अभियान समिति गठन गरिएको  छ ।
गठित समितिमा विवेक भुजेल सचिव र  पुस्कल चेम्जोङ कोषाध्यक्ष छन् ।
त्यसैगरी सदस्यहरुमा सनम तामाङ, सुनिता मगर, सजना तामाङ, रोजन सापकोटा, लोकसिंंह लिम्बू, ध्रुब नारायण तिम्सिना ( काजु),  विरेन्द्र कार्की र चन्द्र कुमार मगर छन् ।

दुर्गा कुमार मगर बचाउ अभियानमा सम्पुर्ण महानुभावहरुलाइ यथासक्दो आर्थिक सहयोग गरिदिन समिति र परिवारले आग्रह गरेका  छन् । – बिश्वास बस्नेतबाट