२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

देउसी भैलो सहित गुरुकुल पाठशालाले गर्यो तिहारको शुभकामना कार्यक्रम

Author Uttari Morang
मंगलबार, कार्तिक २०, २०७५
देउसी भैलो सहित गुरुकुल पाठशालाले गर्यो तिहारको शुभकामना कार्यक्रम

बेलबारी, मोरङ । मोरङको बेलबारी ३ मा रहेको गुरुकुल पाठशालाले मंगलबार देउसी भैलो कार्यक्रम तथा तिहारको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्कुलका विद्यार्थी, शिक्षक, संचालक तथा अन्य अतिथिहरुको समेत उल्लेख्य उपस्थिती थियो । कार्यक्रममा स्कुलका विद्यार्थीहरुको सहभागितामा तिहारको शभकामना र नृत्य सहित साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा  गत महिनाका उत्कृष्ट अभिभावक, उत्कृष्ट बिद्यार्थी लगायतलाई सम्मान पनि  गरिएको थियो । कार्यक्रममा एन प्याबसन मोरङका अध्यक्ष सुनिलदत्त अधिकारीको पनि  उपस्थिति थियो ।

सो कार्यक्रममा बोल्ने अतिथि तथा अन्य बक्ताहरुले बेलबारीको शिक्षा क्षेत्रमा गुरुकुल एउटा नमुना बिद्यालय भएको र यस बिद्यालयले अन्य बिद्यालय भन्दा फरक र ब्यबहारिक शिक्षा प्रदान गरिरहेको बताएका थिए ।

कार्यक्रममा बेलबारी नगरपालिका शिक्षा शाखा प्रमुख जिवन गडतौला प्रमुख अतिथिको रूपमा उपस्थित थिए । उनले शिक्षा क्षेत्रमा निजि बिद्यालयहरुको योगदान महत्वपुर्ण भएको र निजि बिद्यालयमा हुने शैक्षिक क्रियाकलाप र पठनपाठन सामुदायिकको भन्दा अब्बल रहेको बताए । गड्तौलाले निजि क्षेत्र र सामुदायिक क्षेत्रले गुणस्तरीय शिक्षाका लागी हातेमालो गरी अघि बढ्न सके शिक्षा क्षेत्रमा थप प्रगति गर्न सकिने धारणा राखे ।

कार्यक्रम विद्यालयका अध्यक्ष केदार अधिकारीको सभापतित्वमा भएको थियो । बिद्यार्थीहरुलाई नेपाली संस्कार र संस्कृतिको बारेमा जानकारी दिने र नयाँ कुरा सिकाउने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको बिद्यालयका प्रिन्सिपल दिपेन्द्र खुलालले बताए ।