२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

मोरङको बेलबारीमा पनि खुल्यो विशेषज्ञ सेवा सहितको ‘रुद्राक्ष डेन्टल क्लिनिक’

Author Uttari Morang
बुधबार, मंसिर ०५, २०७५
मोरङको बेलबारीमा पनि खुल्यो विशेषज्ञ सेवा सहितको ‘रुद्राक्ष डेन्टल क्लिनिक’

मोरङको बेलबारीमा केही अनुभवी विशेषज्ञ डाक्टरहरु मिलेर अत्याधुनिक डेन्टल क्लिनिक संचालनमा ल्याएका छन् ।

दन्त चिकित्सा सम्बन्धि सामान्य अध्ययन गरेका भरमा डेन्टल क्लिनिक खोल्ने र सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने प्रवृत्ति  बढिरहेको बेला बेलबारीस्थित पश्चिम बस स्टेसनको दक्षिणपट्टीको घरमा ठाउँमा बिषेशज्ञ डाक्टरले उपचार गर्ने ‘रुद्राक्ष डेन्टल क्लिनिक’ खुलेको हो ।

बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र टिचिङ हस्पिटल महाराजगन्जबाट अध्ययन पूरा गरी केही बर्षको अनुभव समेत लिइसकेका युवा डा. अविनास चौधरी, डा. अजित कुमार र डिएच राकेश साह मिलेर सो क्लिनिक संचालनमा ल्याएका हुन् ।

क्लिनिकमा मुखमा घाउ हुने, गिजा सुन्निने, दांतको इन्पेक्सन, लगायत दांत र मुख सम्बन्धि सम्पुर्ण रोगहरुको उपचार गरिन्छ । क्लिनिकमा दांत भर्ने, नमिलेका बंगोटिंगो दांत मिलाउने ( फिक्स अर्थो), दांत खोल्ने, खोल्न मिल्ने दांत लगाउने (आर्पिडी),  सबै दांत लगाउने (सिडी) र फिक्स दांत लगाउने (एफपीडी) लगायतका सबै सुबिधा उपलब्ध भएको डा. अविनास चौधरीले जानकारी दिए ।

क्लिनिकको मंसिर ३ गते बेलबारी नगरपालिकाका प्रबक्ता, वडा नम्बर ३ का वडाध्यक्ष तथा ब्यापार प्रबन्ध समिति बेलबारीका अध्यक्ष योगेन्द्र प्रसाद सुवेदीले उद्घाटन गरेका छन् ।

वरपर विशेषज्ञ डाक्टरबाट सेवा दिने क्लिनिक खासै नभएको, जनसंख्या र बजारका हिसाबले उपयुक्त स्थान भएकोले आफुहरुले बेलबारी रोजेर क्लिनिक संचालन शुरु गरेको अर्का डाक्टर राकेश साहले बताए ।