२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

झापाका पुर्ब प्रबासीहरु संगठित, २३ सदस्यीय जिल्ला समिति गठन

Author Uttari Morang
शनिबार, मंसिर ०८, २०७५
झापाका पुर्ब प्रबासीहरु संगठित, २३ सदस्यीय जिल्ला समिति गठन

पुर्ब प्रबासीहरुको संगठन रिटर्नी माइग्रेट नेपाल झापाको जिल्ला अधिबेशनले भीम कुमार लकान्द्रीको अध्यक्षतामा  २३ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

रिटर्नी माइग्रेट नेपालका केन्द्रिय महासचिब लक्ष्मीप्रसाद आचार्य र प्रदेश १ का संयोजक गोकुलबहादुर थापा एबम प्रदेश सचिव भरत शिवाकोटी लगायतको आतिथ्यतामा शुक्रबार भएको जिल्ला अधिवेशन तथा अन्तरकृया कार्यक्रमबाट  सो समिति गठन भएको हो । नवगठित समितिमा उपाध्यक्ष कुमार थापा , सचिव सुनिल चौहान, सहसचिव माइनस प्लस प्रदिप कु.संग्रौला, कोषाध्यक्ष रोशनी अधिकारी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा मिरा  संग्रौला, नेत्र प्रसाइ, फुलकुमार धमला, दुर्गेश सापकोटा,  देब कुमार ताजकुरिया, सुरेस थापा, लेखनाथ खतिवडा, नबराज खतिवडा, मित्रलाल पोख्रेल, शिव मेन्याङ्बो, सन्तोष पौडेल, मैया बजगाईं, प्रकाश पराजुली, पदम बर्देवा (आशिष),  छबिलाल बिस्वकर्मा, तारा कार्की, गणेश काफ्ले, हरि दियाली चयन भएका छन् ।

कार्यक्रम भिम कुमार लकान्द्री को सभापतित्वमा र सुनिल चौहानको संचालनमा भएको थियो भने स्वागत मन्तव्य कुमार थापाले राखेका थिए । 

आगामी मङ्सिर १५ गते इलाम जिल्लाको जिल्ला भेला रहेको र प्रदेश न. १ का सबै जिल्लामा जिल्ला संयोजकहरुले जिल्ला भेलाको तयारी गरिरहेको प्रदेश समितीका सचिव भरत शिवाकोटीले जानकारी दिए ।