२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

लालभित्तीमा जीवनयाेग प्रयाेगशाला चल्दै, याेगतर्फ स्थानीयबासीको राम्रो आकर्षण

Author Uttari Morang
शनिबार, मंसिर १५, २०७५
लालभित्तीमा जीवनयाेग प्रयाेगशाला चल्दै, याेगतर्फ स्थानीयबासीको राम्रो  आकर्षण

केशु विरही, बेलबारी, माेरङ/ मानव जीवनमा शुख- शान्ति अपरिहार्यतालाई मध्यनजर राखेर विगत दुई हप्तादेखि बेलबारी २ लालभित्तीकाे कविर मन्दिरमा चलिरहेकाे जीवनयाेग प्रयाेगशालामा स्थानीयहरुको आकर्षण बढ्दै गएको छ ।

हरेक विहान ४:३० देखि ६:०० बजेसम्म त्यहाँ स्थानीयहरुकाे उल्लेख सहभागितामा साे प्रयाेगशाला चलिरहेकाे छ ।

शुक्रबार दिउँसो  जीवन विज्ञानका विशेषज्ञ गुरुजी एल पि भानु शर्माले दिएकाे प्रवचनले उनीहरुलाई झनै उत्साहित तुल्याईदिएकाे छ । उनले प्रवचन दिँदा कविर मन्दिरकाे सभाहल खचाखच भरिएकाे थियाे ।

साे प्रवचन कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख, ढाकाकुमारी पराजुली, नियमित रुपमा प्रयाेगशालामा अाईरहेका बेलबारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष घनश्याम गाैतम, नगरकार्यपालिका सदस्य खिना थापा, स्रष्टा तिला लेकाली, समाजसेवी प्रताप थापा, कविर माविका प्रधानाध्यापक दुर्गा गाैतम, स्थानीय डिल्लीबहादुर थापा, सनतकुमार ढकाल, लाेकनाथ ढकाल लगायतकाे सहभागिता रहेकाे थियाे ।

सवैलाई स्वास्थ्य र खुसी बनाउने अभियानका साथ बेलबारीमा संचलन भैरहेकाे जीवन विज्ञान सम्वन्धी प्रयाेगशाला संचालन भैरहेकाे जीवन विज्ञानयाेग प्रयाेगशाला लालभित्तीका संयाेजक खगेन्द्र न्याैपानेले वताए ।

८० लाख विद्यार्थीलाई अाैपचारिक ज्ञान दिईसकेका ५ लाखलाई  ध्यान सिकाइसकेका गुरु एल पि भानु शर्माकाे प्रवचन सुन्न वृद्ध वृद्धादेखि लिएर युवाहरुको समेत उल्लेख्य सहभागिता रहेकाे थियाे ।