बिदेशबाट फर्केका इलामेलीहरु पनि संगठित, रिटर्नी माइग्रेण्ट नेपालको जिल्ला समिति गठन
Uttari Morang
प्रवास बसेर फर्केकाहरु संगठित हुने क्रम चलिरहेको बेला पुर्ब प्रबासीहरुको संगठन रिटर्नी माइग्रेट नेपालको शनिबार सम्पन्न इलाम जिल्ला भेलाले नयाँ समिति बनाएको छ ।
सस्थाका केन्दिय सदस्य तथा प्रदेश न. १ का संयोजक गोकुल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले समिति चयन गरेको हो । भेलामा प्रदेश न. १ का सचिव भरत शिवाकोटी, प्रदेश सदस्य तथा मोरङ अध्यक्ष राजु भट्टराई, झापा अध्यक्ष भिम लकान्द्री, लगायत पुर्व प्रवासीहरुको उपस्थिति रहेको थियो ।
भेलाले ऋतु बास्तोलाको अध्यक्षतामा पछि पांचजना सदस्यहरु थप्नेगरी १७ सदस्य इलाम जिल्ला समिती गठन गरेको छ । जसमा उपाध्यक्ष कोकिल बुढाथोकी, सचिव दल बहादुर चौहान, सहसचिव योगेश रन्जितकार र कोषाध्यक्ष बिष्णु प्र दंंगाल चयन भएका छन् ।
भेलाबाट गठित समितिका सदस्यहरुमा क्रमशः
दोर्जे मोक्तान , महेश श्रेष्ठ , मुकुल खडका, सरोज बोहरा, प्रशान्त शर्मा,भरत चौहान र चन्द्र दाहाल रहेका छ्न ।
कार्यक्रमका प्रमुख अतिथी गोकुल थापाले देशको जटिल अवस्थामा प्रवासीहरुले रेमिटेन्स मार्फत गरेको महत्वपुर्ण योगदानलाई सरकारले बिर्सिएको तर्फ ध्यानाकर्षण गराउंदै प्रवासीहरुले सिकेको ज्ञान र सीपलाई नेपालमा नै प्रयोग गर्न सक्ने वातावरण बनाउन सरकार समक्ष आग्रह गरे । त्यस्तै प्रदेश सचिव भरत शिवाकोटीले पुर्व प्रवासीहरु देशको विकास र समृद्धिका लागि राज्यसंग हातेमालो गर्न तयार रहेकोले उनीहरुले सिकेको सीप र दक्षतालाई पुनः प्रवास फर्कनबाट रोक्नु राज्यको दायित्व समेत रहेको बताएका थिए । कार्यक्रममा झापा अध्यक्ष भिम लकान्द्री, मोरङ अध्यक्ष राजु भट्टराई, झापा कोषाध्यक्ष रोशनी अधिकारी,शेर बहादुर कार्की लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम ऋतु बास्तोलाको सभापतित्वमा र सुनिल चौहानको संचालनमा भएको थियो भने स्वागत मन्तव्य दल बहादुर चौहानले राखेका थिए । Returnee Migrant Nepal झापामा गत मङ्सिर ७ गते र मोरङ र सुनसरीमा मङ्सिर ८ गते जिल्ला समिती गठन भैसकेको छ ।






