२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

उत्तरी मोरङका जनप्रतिनिधिद्वारा प्रधानमन्त्रीसंग भेट, खोला र सुकुम्बासी समस्या हल गर्न माग

Author Uttari Morang
मंगलबार, मंसिर १८, २०७५
उत्तरी मोरङका जनप्रतिनिधिद्वारा प्रधानमन्त्रीसंग भेट, खोला र सुकुम्बासी समस्या हल गर्न माग

उत्तरी मोरङका जनप्रतिनिधीहरुले प्रधानमन्त्री केपी अाेलीलाइ भेटर यी क्षेत्रका केही समस्या राख्दै समस्या समाधानको पहल गर्न माग  गरेका छन् ।

सोमबार सिंहदरबार पुगेका उनीहरूले प्रधामन्त्रीलाई भेटेर  खोलामा आउने बाढी यस क्षेत्रको प्रमुख समस्या भएकोले सोको समाधानका लागि पर्याप्त बजेट बिनियोजन गरिदिन आग्रह गरेका हुन् । उनीहरूले उत्तरी मोरङमा सुकुम्बासी समस्या पनि जटिल रहेकोले त्यसबारे ठोस पहल गर्न आग्रह गरेका छन् ।

जवाफमा ओलीले खोलाहरुको तटबन्धन तथा भुमिको समस्या समाधान गर्न सरकार लागि परेकोले त्यस क्षेत्रका दुवै समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए  ।

प्रधानमन्त्रीको कार्यालयमा पुगेको टोलीमा मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडा, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदी, उपप्रमुख ढाका कुमारी पराजुली, पथरी नगरपालिकाका प्रमुख किशोर राई, कानेपाखरी गाँउपालिकाका प्रमुख तारा वहादुर काफले, उप प्रमुख राजमति इङनाम,सुन्दरहरैचाकी उप प्रमुख धना तामाङ,  लेटाङ नगरपालिकाकी उप-प्रमुख कृष्ण कुमारी निरौला, केरावारी गाँउपालिकाकी उप प्रमुख शान्ति कुमारी लिम्बु (भुजेल), लगायतका जन प्रतिनिहरुले सहभागी  थिए ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीले प्रधानमन्त्रीलाई आफुहरुले खासगरी उत्तरी मोरङका केही समस्या राखेको र प्रधानमन्त्रीले समस्या समाधान हुने आश्वासन दिएको बताए । प्रधानमन्त्रीले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पदमा अर्याललाई ती समस्या समाधानको लागि तत्काल पहल गर्न निर्देशन दिएको उनले बताए  ।