२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

श्रमिक महिला समूहद्वारा बालबालिका लाई न्यानाे लुगा वितरण

Author Uttari Morang
आइतबार, पुष ०१, २०७५
श्रमिक महिला समूहद्वारा बालबालिका लाई न्यानाे लुगा वितरण

बेलबारी, माेरङ/ विगत लामाे समयदेखि महिलाहरुकाे हकहितकाे क्षेत्रमा काम गर्दै अाएकाे संस्था श्रमिक महिला समूह बेलबारीले बालबालिकालाई न्यानाे कपडा वितरण गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे श्री जनएकता आधारभूत विद्यालयमा पुगेर संस्थाले विद्यालयमा पढ्ने छात्र छात्रालाईलाई न्यानाे कपडा वितरण गरेकाे थियाे ।

विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न घरधुरीका बालबालिकालाई जाडोमा न्यानो प्रदान गर्ने उद्देश्यले अाफूहरुले उनीहरुलाई कपडा प्रदान गरेकाे संस्थाका अध्यक्ष नितु थापाले वताईन ।

साे अवरसरमा बालबालिकाका अतिरिक्त उनीहरुका अभिभावकहरूलाई पनि न्यानो कपडा वितरण गरिएकाे संस्थाले जनाएकाे छ ।

न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी वाड नं. १ का अध्यक्ष चक्र खुलालले समूहले गरेको कार्यको प्रशंसा गर्दै यस्ताे कार्य गरेकाेमा संस्थालाई धन्यवाद दिएका थिए ।

साे कार्यक्रममा वाडा नं. १ का सदस्य रमेश निरौला, रसिन लामा लगायत स्थानीयहरुको पनि उपस्थिति रहेको थियो ।