ताजा अपडेट
केराबारीकी बिष्णुमायाको निशुल्क उपचार गरिदिने भो नोबेल हस्पिटलले
Uttari Morang
शुक्रबार, पुष १३, २०७५
आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएपछि केराबारी १० की २४ वर्षिय विष्णुमाया तामाङलाई नोवल हस्पिटल विराटनगरले निशुल्क उपचार गरिदिने भएको छ ।
पेट तथा नसा सम्बन्धी विभिन्न रोगबाट पीडित बिष्णुमायाको नोबेलले उपचार गरिदिने भएको हो । नोबेलमा भर्ना गरी आइसियुमा राखेर उपचार भइरहेपनि आर्थिक समस्याका कारण उनको उपचारका लागि केही दिनयता चन्दा संकलन गरिएको थियो ।
हालसम्म २ लाखभन्दा बढी खर्च भएकोमा डेढ लाखभन्दा बढी तिर्न बांकी छ । केराबारी गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्की र कांग्रेस नेता डिग बहादुर लिम्बु , ललित तामाङ लगायतको पहलमा नोबेल हस्पिटलका संचालक सुनिल शर्माले हालसम्मको सबै खर्च छुट गरी थप १ लाखको औषधी निशुल्क गर्ने प्रतिबद्धता गरेका छन् ।
बुधबार बिष्णुमायाको आर्थिक अवस्था बुुुझ्न र परिवारलाई भेट्न शर्मा केराबारी आएका थिए । संचालक शर्माले दुईजना कुरुवालााई अस्पताल बस्दा खाने ब्यबस्था समेत गर्ने घोषणा गरेका छन् ।






