२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

धिताे राखेकाे जग्गा जग्गाधनीलाई थाहै नदिई अर्कैकाे नाममा: स्थानीयहरु आक्राेसित

Author Uttari Morang
शनिबार, पुष १४, २०७५
धिताे राखेकाे जग्गा जग्गाधनीलाई थाहै नदिई अर्कैकाे नाममा: स्थानीयहरु आक्राेसित

केशु विरही, सुन्दरहरैचा, मोरङ /तपाईं अाफ्ना माता पिताका नाममा रहेकाे जग्गा जमिन सुरक्षित छ, जुन उनीहरुकाे देहान्त पछि अाफ्नाे हुनेछ भन्ने साेचमा हुनुहुन्छ भने त्याे गलत ठहरिन पनि सक्छ ।

झन तपाईं अाफूसँग भएका जग्गा जमिन यदि कसैलाई धिताेमा राख्दै हुनुहुन्छ भने बेलैमा साेच्नु हाेला जुन जग्गा जमिन तपाईले थाहै नपाई अर्कैकाे नाममा नामसारी भएकाे हुनसक्छ ।

जुन उधारण सुन्दरहरैचा नगरपालिकाकाे घटनाबाट लिन सकिन्छ ।

घटना यस्ताे रहेकाे छ । वि.स. २०५६ मा सुन्दरहरैचा १० का बासु थापाकी अामाले अाफूसँग भएकाे ११ कठ्ठा १३ धुर जग्गा धिताे राखेर पैसा लिकालिन । तर त्याे धिताे राखेको जग्गा जग्गाधनीलाई थाहै नदिई अर्कैकाे नाममा वेचियाे । अर्काेले अर्काेलाई । यसरी त्याे जग्गा अन्तत वैंकमा धिताे राखेर । समयमा ऋण तिर्न नसकेकाे भन्दै बैंकले अर्कैलाई लिलाम वढावढमा पास गरिदियाे ।

एक वर्ष अघि त्यहि लिलामी वढावढबाट अाफ्नाे नाममा पुर्जा लिएर जग्गा भएकाे ठाउँमा अाउँदा मात्र त्याे रहस्य बाहिर अायाे ।

सुन्दरहरैचा नगरपालिका वार्ड नं ९, विराटचोक बजारदेखि दक्षिणमा विराटनगर बस स्ट्याण्ड छेउमा रहेको स्व. हर्ककुमारी थापाको नाममा रहेको र निजले धिताे पास गरिदिएकाे जग्गा थाहै नपाई अर्काकाे नाममा नामसारी भएपछि पिडितलाई न्याय दिन स्थानीयहरु एकजुट भएका हुन् ।

सुन्दरहरैचा ९ मा रहेकाे कित्ता नं १६३२ को ११ कठ्ठा १३ धुर वरावरको जग्गामा काठमाण्डाै ३ निवासी शम्भु कुवँरकाे नाममा नामसारी भएकाे साे जग्गामा मिसगिटी भर्ने र त्यसमा घेरावारा लाउने काम थालिएपछि स्थानीयहरु एकजुट भएर त्यसको प्रतिकारमा उत्रिएका छन् ।

सम्पूर्ण कागजाज हेर्दा जग्गा काठमाण्डौ ३ निवासी शम्भू कुवँरले प्रकृया पुर्याएर खरिद गरेको जस्तो देखिए पनि स्थानीयहरु भने साे कुरा मान्न तयार छैनन् । उनीहरु यसलाई जासाझीकाे सज्ञा दिन्छन् ।

अाफ्नी अामाले धिताेमा राखेकाे जग्गा एउटाले अर्काेलाई, अर्काेले अर्काेलाई गर्दै कसैलाई थाहै नदिई विक्रि गरिएकोले आफू ठूलो अन्यायमा परेकोले आफूले न्याय पाउनु पर्ने वास्तविक जग्गाधनी स्व. हर्कमायाका छोरा बासु थापा वताउँछन् ।

स्व. हर्कमाया थापाकाे नाममा रहेकाे जग्गा सानिक ईन्टरनेशनल लिजिङ एण्ड फाईनान्स पछि मर्ज भएर वनेकाे सिभिल बैंकमा धितो राखेको देखिन्छ ।

पछि यहि जग्गा काठमाडौका शम्भु कुवहँरले सिभिल बैंकबाट लिलाम प्रक्रियाबाट रु २ करोड ९३ लाखमा खरिद गरेको देखिन्छ ।

मिति २०७४ /३ /२७ गतेको बैंकको संचालक समितिको बैठकले मालपोत कार्यालय बेलबारीलाई पत्र लेखी सो जग्गा काठमाण्डौ महानगरपालिका वार्ड न.३ का शम्भू कुँवरको नाममा नामसारी गरिदिन पत्रचार गरेको देखिन्छ । र मालपोत कार्यालय बेलबारीले पनि मिति २०७४/७/१३ गते निज कुवँरका नाममा जग्गाकाे नामसारी गरिदिएको देखिन्छ ।

कानुनी रुपमा शम्भू थापाको जग्गाजस्तो देखिए पनि व्यवहारिक रुपमा भने शम्भु थापा नै वास्तविक जग्गावाला भएकोले स्थानीयहरु भने उनले न्याउ पाउनु पर्छ भन्नेमा छन् । र उनले न्याय नपाएसम्म चुप लागेर नवस्ने उनीहरु वताउँछन् ।

गत वर्ष पनि यसै विषयमा ठूलो विवाद भएकाे थियाे । यहि विवादकाविच बासु थापालाई प्रहरी पक्रिएर लगेको थियो । र केही समय पछि छाड्दिएकाे थियाे ।

सोही विषयलाई लिएर अझै पनि केही युवाहरु थुनामै रहेकोले उनीहरुलाई चाँडै छाड्नु पर्ने पूर्व सांसद समेत रहेका चन्द्रबहादुर गुरुङ वताउँछन्।

यो विषयमा माथिल्ला ओहोदका मानिसको संलग्नता वा आश्रय रहेकोे स्थानीयहरुले आरोप लाइरहँदा जोसुकैकाे संलग्नता रहे पनि, जाेसुकैले आश्रय दिए पनि स्थानीयले उनीहरुलाई नछाड्ने पूर्व सांसद चन्द्रबहादु गुरुङ वताउँछन् ।

कानुनी रुपमा जे देखिए पनि सामाजिक हिसावले हेर्दा बासु थापा नै पिडित देखिएकोले उनलााई समाजले न्याय दिनु पर्ने सुन्दरहरैचा नगरपालिका न्यायिक समितिका सदस्य समेत रहेका स्थानीय भक्तकिरण राई वताउँछन् ।