२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

चन्दा उठाएको आरोपमा वडाध्यक्ष विरुद्ध पक्राउ पुर्जी, वडाध्यक्ष चाहिं फरार

Author Uttari Morang
आइतबार, पुष २९, २०७५
चन्दा उठाएको आरोपमा वडाध्यक्ष विरुद्ध पक्राउ पुर्जी, वडाध्यक्ष चाहिं फरार

ढुंगागिटी निकासी गर्दा अबैध चन्दा उठाएको आरोपमा प्रहरीले कानेपोखरी गाउँपालिका–५ का वडाध्यक्ष चरण गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

क्रसर उद्योग, ढुंगागिट्टी, बालुवा निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध चन्दा असुलीकालागि सस्थानीयलाई अनुमति दिएको आरोप गुरुङलाई लगाइएको  छ ।  कानेपोखरी–५ को चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता समितिका नाममा नम्बरी जग्गा संरक्षण तथा विकास निर्माणको सहयोगार्थ भन्दै रसिद बनाएर ट्रयाक्टर र ट्रिपरबाट चन्दा असुल गर्न मान्छे खटाएको आरोप उनलाई लगाइएको छ । केही समयअघि  प्रति ट्रिपर चन्दा स्वरुप १०० रुपैयाँसम्म स्थानीय उपभोक्तालाई दिन क्रसर उद्योगी र सर्वसाधरणबिच सहमति पनि भएको थियो ।

चन्दा असुलीको आरोपमा दुई जना पक्राउ परेपछि  स्थानीयले विरोध गर्दै खोलाबाट खोलाजन्य पदार्थ निकासीमा अवरोध गरेका थिए । कानेपोखरी–५ र बेलबारी नगरपालिका–८ को बीचमा पर्ने समिर नाका र शान्ति टोल नाकाबाट अवैध चन्दा असुली गरेको भन्दै प्रहरीले कानेपोखरीका रोशन दनुवार र जितन चौधरीलाई पक्राउ गरी चन्दा ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो ।

उनीहरुले वडाध्यक्षकै अनुमतिमा चन्दा असुल गरेको बताएपछि गुरुङलाई पूर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । गुरुङले भने चन्दा संकलनमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।