२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

सामुदायिक बिद्यालयहरुको शैक्षिक स्तर सुधार्न विभिन्न कार्यक्रम गर्दै बेलबारी वडा नं.६

Author Uttari Morang
मंगलबार, माघ ०८, २०७५
सामुदायिक बिद्यालयहरुको शैक्षिक स्तर सुधार्न विभिन्न कार्यक्रम गर्दै बेलबारी वडा नं.६

बेलबारी नगरपालिका वडा नम्बर ६ ले सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम शुरु गरेको छ ।

सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरणसगै खेलकुद तथा अन्य गतिविधि गर्न थालेको हो । आफनो वडाका मात्रै नभई नगरपालिका भित्रका १० वटा बिद्यालयलाई सहभागी गराएर वडा कार्यालयले खेलकुद सहित अन्य अतिरिक्त क्रियाकलाप गरेको छ  ।

वडाले वीरेन्द्र माध्यमिक विद्यालय बेलबारी ६, महेन्द्र आधारभुत विद्यालय बेलबारी ६ ,महेन्द्र आधारभुत विद्यालय बेलबारी ५, धनपाल माध्यमिक बेलबारी ५, जन निर्माण आधारभुत बिद्यालय बेलबारी ५, जनता आधारभुत बेलबारी ५, राम जानकी आधारभुत बेलबारी ७, किसान आधारभुत विद्यालय बेलबारी ७ ,देबकोटा आधारभुत विद्यालय बेलबारी ७ र जनता माध्यमिक बेलबारी ९ का बिद्यार्थीहरुलाई सहभागी गराएर हिसाव दौड, वक्तृत्व कला, म्यूजिकल चेयर्स, चित्रकला, हाजिरी जवाफ, सामुहिक नृत्य, लगायतका कार्यक्रम सम्पन्न गरेको वडा नम्बर ६ का वडा अध्यक्ष उदय वहादुर राईले बताए ।

सामुदायिक बिद्यालयमा अध्यन गर्ने बिद्यार्थीहरुका प्रतिभाहरु वाहिर आउन नसकेको भन्दै अध्यक्ष राईले  वडा नम्बर ६ ले शैक्षिक सुधारको अभियान अन्तरगत १ हजार भन्दा वढी बिद्यार्थीहरुलाई भेला गराएर अतिरिक्त कार्यक्रम गरेको बताए  ।  बेलबारी नगरपालिका वडा न. ५, ६, ७ र ९ का सामुदायिक विद्यालयका छात्र छात्राहरु बीचको अन्तर विद्यालयस्तरीय  खेलकुद लगायत विभिन्न  प्रतियोगिताबाट शिक्षक ,अभिभाबक र विद्यालयका विद्यार्थीबिच भावनात्मक सम्बन्धको बिकास भएको अध्यक्ष राइले बताए  ।