२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

सिद्धार्थ बोर्डिङद्वारा आयोजित दुई दिने स्पोर्ट्स मिट भब्य रूपमा सम्पन्न

Author Uttari Morang
मंगलबार, माघ १५, २०७५
सिद्धार्थ बोर्डिङद्वारा आयोजित दुई दिने स्पोर्ट्स मिट भब्य रूपमा सम्पन्न

सुन्दरहरैंचाको खोर्सानेमा अबस्थित सिद्धार्थ बोर्डिङ स्कुलद्वारा आयोजित दुई दिने स्पोर्ट्स मिट २०७५ सम्पन्न भएको छ ।
माघ १४-१५ गतेसम्म विद्यालय परिसर र बाघझोडा खेल मैदानमा भएको स्पोर्ट्स मिटमा प्रत्येक कक्षाका विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराइएको थियो । कक्षा नर्सरी देखि १२ कक्षासम्मका विद्यार्थीहरुले विभिन्न खेलमा ब्यक्तिगत तथा सामुहिक प्रतिस्पर्धा गरेका थिए ।

माघ १४ गते प्याब्सन मोरङ अध्यक्ष समेत रहनु भएका स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतले खेलको उद्घाटन गरेका थिए । स्पोर्ट्स मिटमा ५० देखि ८०० मिटरसम्मका दौड, रिले रेस, स्याक रेस, बेलुन रेस, लङ जम्प, हाई जम्प, कबड्डी, सर्ट पुट, सेभ द क्लिप, पार्टनर रिले रेस, पास द अब्सट्याकल रेस आदि खेलहरुमा प्रतिस्पर्धा गराइएको थियोे ।
स्पोर्ट्स मिटका क्रममा अभिभावकका लागि तातो अालु र हण्डी फोड खेल जस्ता प्रतियोगिता समेत गराइएको स्कुलका भाइस प्रिन्सिपल जेबी थुलुङ्ले जानकारी दिए ।

प्रत्येक प्रतिस्पर्धा अन्तरगत कक्षागत तथा खेलको बिधागत रूपमा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई प्रिन्सिपल अर्जुन बस्नेत ,भाईस प्रिन्सिपल जे बि थुलुङ र ब्यवस्थापन प्रमुख निलम ढुंगानाले मेडल र प्रमाणपत्र सहित पुरस्कार दिइएको थियो । स्पोर्ट्स मिटमा एक हजारभन्दा बढीले भाग लिएको स्कुलले जनाएको छ ।