२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

ट्रिपर जलाइएको बिरोधमा आन्दोलनको घोषणा गरे ट्रिपर व्यवसायीहरुले

Author Uttari Morang
मंगलबार, माघ १५, २०७५
ट्रिपर जलाइएको बिरोधमा आन्दोलनको घोषणा गरे ट्रिपर व्यवसायीहरुले

बिराटचौकमा जलाइएका ७ टिपरहरूको क्षतिपूर्तिको माग गर्दै  टिफर व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन् ।
विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सोमबार विहान ८ः४५ बजे सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको घटनास्थलमै मृत्यु भएपछि ७ टिपरहरू जलाइदा प्रशासन मूकदर्शक भएर बसेको भन्दै ब्यबशायीहरुले आन्दोलन घोषणा गरेका हुन् ।
पूर्वाअञ्चल टिपर व्यवसायी संघद्वारा इटहरीमा आयोजित पत्रकार सम्मेलनका क्रममा टिपर संचालनमा शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने , टिफरमा आगजनी गर्ने पहिचान गरि आवश्यक कारबाही गर्नुपर्ने र टिफर संचालनमा रोक लगाइएको अवधी खारेज गर्नुपर्ने  लगायत ११ बुदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीले टिफर संचालमा लगाएको रोक अवधी खारेजी हुनुपर्ने नत्र टिपर सरकारले जिम्मा लिनुपर्ने बताए ।
व्यवसायी संघद्वारा जारी प्रेस विज्ञप्तिमा माघ १६ गते प्रदेश नंं.१ स्थित गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, १७ गते सम्पूर्ण टिफर ग्यारेजमा थन्क्याउने, १८ गते खोर्साने दखी बिराटनगर सम्म टिपर र्याली गर्ने , १९ गते संयुक्त बैठक बसी थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ । मिडियामा सकारात्मक खालका समाचार आउन् भनेर पत्रकार सम्मेलनमा  आएकालाई दामवाला खामको पनि ब्यबस्था गरिएको  रहेछ ।