२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बालिकाको मृत्युपछि बिराटचौकमा दनदनी बले ट्रिफर, कर्फ्यु नै लगाउनु पर्यो उपद्रो रोक्न

Author Uttari Morang
सोमबार, माघ १४, २०७५
बालिकाको मृत्युपछि बिराटचौकमा दनदनी बले ट्रिफर, कर्फ्यु नै लगाउनु पर्यो उपद्रो रोक्न

केशु विरही, सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैचा ९ कि ११ बर्षिया बालिकालाइ ट्रिफरले ठक्कर दिएर घटनास्थलमै मृत्यु भएपछिकाे तनावलाई कम गर्न सुन्दर हरैंचा नगरपालिकामा नगरपालिका, जनप्रतिनिधि तथा पिडित पक्षविच भएकाे वार्ता सफल भएपछि लास उठाईएकाे छ ।

बिहानैदेखि लासलाई सडकमै राखेर न्यायकाे लागि लडिरहेका स्थानीयले माग पूरा नभएसम्म लास उठाउन मानेका थिएनन् ।

तर नगरपालिकामा मेयर शिवप्रसाद ढकालकाे पहलमा बसेकाे बैठकले अहिले लास उठाउने भाेलिदेखि कानुनी प्रकृ्या सुरु गर्ने सहमति भएपछि मृतकका अाफन्तले लास उठाएका छन् । लासलाई पाेष्टमार्टमका लागि मंगलबारे लगिएकाे छ ।

नगरपालिकाबाट घटनाकाे वारेमा बुझ्न नअाएकाे र नगरपालिकाले अाफूहरुलाई वेवास्ता गरेकाे विषयलाई लिएर दिउसाे केही वेर पूर्वपश्चिम लाेकमार्गमा समेत स्थानीयले अवराेध पुर्याएका थिए । तर प्रशासन र केही स्थानीयकाे सहयाेगमा राजमार्गकाे अवराेध तुरुन्तै हटाईएकाे थियाे ।

साथै कुनै रिस्पाेन्स नगरेकाे भन्दै स्थानीयवासीहरुले सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालकाे घर घेरेर नारावाजी समेत गरेका थिए ।

सुन्दरहरैचा नगापालिका वार्ड नं १२ स्थित विराटचौकामा भएकाे ट्रिफर दुर्घटनामा परी चुडामणि ढकालकी छाेरी लक्ष्मी ढकालकाे घटनास्थलमै मृत्यु भएपछि अाक्राेसित स्थानीयले ११ वटा ट्रिफरमा अागजनी गरेका छन् । टिफर जलेर पूरै ध्वस्थ भएका छन्।

कसरी भयो घटना ?
इन्द्रपुर स्कुलमा कक्षा ३ मा अध्ययनरत ११ बर्षिया बालिका लक्ष्मी ढकाल सोमबार बिहान करिब ८.४५ बजे सुन्दरहरैचा ११ स्थित सडकमा बाटो काटने क्रममा थिईन । सोही बेला बिराटचौकबाट त्रिब गतिमा दक्षिणतर्फ गइ रहेको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरले ठक्कर दियो । बालिका छटपटाउन थालिन, त्यहि क्रममा ट्रिपर चालकले ब्याक गरे,वालिकाको तत्कालै मृत्यु भयो ।
सुन्दरहरैँचा १ कुमारगाउँका चुडामणी ढकालकी छोरी लक्ष्मी काका लेखनाथ ढकालसँगै बस्दै आएकी थिइन् । घटना भएपछि होहल्ला भयो,तत्कालै ट्रिपर तिब्रगतिमा भाग्यो । केही स्थानीयले पिछा गर्न थाले भने केहीले शव भएको स्थानमा भेला भए । केहीक्षणमा बेलेपुरमा पुगेको ट्रिपर रुखमा ठोकियो र दुर्घटना भयो । आक्रोशित स्थानीय त्यहि गए र तत्काल आगो झोसे । घटना देखेका स्थानीय झन आक्रोशित बन्दै गए । उनीहरूले सोही क्षेत्रमा दौडिरहेका ७ वटा ट्रिपरमा आगो झोसे । एकैछिनमा सो क्षेत्र धुवाँले ढाक्यो ।
स्थितिले अर्कै मोड लियो । स्थानीयबासी ट्रिपर आतंकको बिरोधमा प्रर्दशनमा उत्रिए । प्रहरीलाई भिड नियन्त्रण गर्न हम्मे परेपछि निशेधाज्ञा जारी गर्नुपर्यो ।