२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

नगरलाई प्लाष्टिकझोला मूक्त वनाउने तयारी गर्दै बेलबारी नगरपालिका

Author Uttari Morang
बुधबार, माघ १६, २०७५
नगरलाई प्लाष्टिकझोला मूक्त वनाउने तयारी गर्दै बेलबारी नगरपालिका

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले नगरलाई प्लाष्टिक झाेलामुक्त नगर वनाउने कार्यक्रम सुरु गरेकाे छ ।

बेलबारी नगरपालिकाकाे सभाहलमा  भएको “नगरलाई प्लाष्टिकमूक्त नगरपालिका घाेषणा गर्ने रणनीति तथा याेजना तर्जुमा गाेष्ठी” विषयक कार्यक्रममार्फत साे जानकारी दिईएकाे हाे ।

साे गाेष्ठीमा दुवै सुरक्षा निकायका प्रमुखहरु, उद्याेगवाणिज्य संघका प्रतिनिधि, राजनैतैतिक पार्टीका, संचारकर्मी तथा कार्यपालिका सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमकाे उद्घाटन गर्दै नगरपालिकाका प्रवक्ता तथा बेलबारी नगरपालिकाका कार्यवाहक नगरप्रमुख याेगेन्द्र सुवेदीले नगरलाई प्लाष्टिक झाेलामूक्त वनाउने अभियानमा लाग्न सबै नगरवासीलाई आह्वान गरे ।

उनले नगरलाई सफा र स्वच्छ राख्ने दायित्व नगरपालिकाकाे भएपनि यसमा सबै निकायकाे सहयाेगकाे उतिकै खाचाे रहेकाे वताए ।

प्रमुख प्रशाशकीय अधिकृत गणेशप्रसाद दाहालले
प्लास्टिक र प्लाष्टिकजन्य बस्तुले वातावरणमा पारेकाे नकारात्मक प्रभावकाे वारेमा वताएका थिए ।

गाेष्ठीमा सहभागीहरुले नगरलाई प्लाष्टिकमूक्त वनाउदा अपनाउनु रणनीति, कार्यक्रमहरुका वारेमा आ-आफ्ना धारणा पनि प्रस्तुत गरेका थिए ।

गाेष्ठीमा सहभागीहरुलाई समूहगत रुपमा विभाजन गरेर छलफल गरााईएकाे थियाे । नगरपालिकाका सामाजिक शाखाका प्रमुख झमक घिमिरे तथा सामान्य प्रशासन शाखा प्रमुख महेन्द्र खड्काले गाेष्ठीकाे सहजिकरण गरेका थिए ।