२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कला/संस्कृति

वरिष्ठ सारांगी बादक हेमन्तले सार्वजनिक गरे मौलिकता झल्काउने गीत ‘रेलको ढोका बन’

Author Uttari Morang
शुक्रबार, माघ २५, २०७५
वरिष्ठ सारांगी बादक हेमन्तले सार्वजनिक गरे मौलिकता झल्काउने गीत ‘रेलको ढोका बन’
करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइलले पुरानो मौलिकतालाई जगेर्ना गदै “ रेलको ढोका बन” गीतको कभर भिडियो सार्वजनिक गरेका छन् ।
 रेडियो नेपालमा गीत गाएर छुटटै पहिचान बनाएको गायक तथा सारङ्गी बाधक कृष्ण गन्धर्वको उक्त गीतको कभर भिडियो उनले  आफ्नै च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।
यस कभर गीतमा आफ्नै स्वर , सारङ्गी रहेको छ भने अनिल थापा मगरले मादलमा साथ दिएका छन् । पुरानो गीतमा भने कृष्ण गन्धर्वको स्वर , शब्द , संगीत रहेको छ ।
उनको यस भन्दा अगाडि नै ‘भाग्यमानी ‘’ बोलको गीतले हजारौ दर्शक स्रोताको मन जितिसकेको छन् । त्यस्तै हेमन्तले २०६३ सालमा गाएको ‘काँचो सुन्तला‘’ बोलको गीत निकै हिट भएको थियो ।
यसबीचमा उनले करिब दुई दर्जन गीत गाए । उनी लोकगायनका साथै कुशल सारंगी वादकका रूपमा पनि चिनिन्छन् । उनले सात हजारभन्दा बढी गीतमा सारंगी बाजा बजाइसकेका छन् ।