२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान दिने दुई दर्जन ब्यक्तित्वहरु धनकुटामा सम्मानित

Author Uttari Morang
मंगलबार, माघ २९, २०७५
सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान दिने दुई दर्जन ब्यक्तित्वहरु धनकुटामा सम्मानित

विजय राई, धनकुटा/ सामााजिक तथा शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने झण्डै दुई दर्जनहरुलाई धनकुटामा सम्मान गरिएको छ ।
धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्स धनकुटाको २० औं बार्षिक उत्सवको अवसरमा सोमबार  विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउने समाजिक तथा शैक्षिक  क्षेत्रका वरिष्ठ मानुभावहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा प्रदेश नम्वर १ धनकुटाका सांसद निरन राई,धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्ग,इन्स्टिच्यूटका सल्लाहकार नारायण जोशी, निर्देशक राम नारायण रामा, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राई, धनकुटा अस्पतालका प्रमुख डा.अमिताप ठाकुर सम्मानित भएका हुुन् ।

त्यसैगरी भाषा साहित्यमा महत्वपूर्ण योगदान दिनु भएकोमा गर्जाचार्य पुतस्कालय धनकुटाका संस्थापक अध्यक्ष टिका प्रसाद लामिछाने, २०७४ सालको एस.इ.इ परिक्षामा जिल्लामा नै सर्वोकृष्ठ रिजल्ट ल्याउन सफल स्कुल त्रिवेणी माविका प्रधानाध्यापक इश्वरी प्रसाद अघिकारी, देशमानै पहिलो सुन्दर सहर बनाउन सफल भएकोमा धनकुटा नगरपालिका वातावरण शाखाका प्रमुख उपेन्द्र खनाल,  खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिनु भएकोमा करातेका प्रशिक्षक डिप्लप राई, सर्वोकृष्ठ खेलाडीहरु समिक्षा श्रेष्ठ, सृजना थापा, लोकेन्द्र राई, यूवा पत्रकार विकास घिमिरे, मोहन विस्कुट उद्योगका मोहन शंकर श्रेष्ठ, पुराना तथा उत्कृष्ठ उद्यमी जय बोगटी, स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिनु भएकोमा विरेन्द्र कुमार श्रेष्ठ र सामाजिक व्यक्तित्व श्यामराजा शाहलाई पनि सम्मान गरिएको छ ।
यसैगरी इन्स्टिच्यूटले उत्कृष्ट कर्मचारीको रुपमा धिरेन मरिक र राजन कुमार लिम्बु, सि एम ए तर्फ संदिव कुमार यादव, ए एन एम तर्फ पासाङ्ग ल्हमु शेर्पा, एच ए तर्फ सुजन चौंहानलाई सर्वोकृष्ठ अंक ल्याउनु भएकोमा पुरस्कृत गरिएको इन्स्टिच्यूटका कर्मचारी हुमा सुब्बाले वताउनु भयो ।

कार्यक्रमका अतिथि शिक्षा समन्वय इकाई धनकुटाका प्रमुख राम वहादुर थापाले सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो ।
धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्स धनकुटाका निर्देशक राम नारायण रामाको अध्यक्षतामा भएको बार्षिक उत्सव कार्यक्रममा प्रदेश नम्वर १ का सांसद निरन राई, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।