२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

भ्वाइस अफ नेपालका कलाकारहरुले पथरीमा गरे बेजोड लाइभ कन्सर्ट (भिडियो सहित)

Author Uttari Morang
सोमबार, माघ २८, २०७५
भ्वाइस अफ नेपालका कलाकारहरुले पथरीमा गरे बेजोड लाइभ कन्सर्ट  (भिडियो सहित)

गोपाल काफ्ले पथरी / फेन्चाइज सो द भ्वाइस अफ नेपालका कलाकारले मोरङको पथरीमा बेजोड प्रस्तुती दिएका छन ।

मेची माहाकाली म्यूजिकल कन्सर्ट अन्तरगत माघ २५ मोरङको पथरीमा लाईभ अफ म्युजिकल कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारीका साथ टप टेन कलाकारले दर्शक झमाएका हुन् ।

पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा सम्पन्न कार्यक्रमको सुरुवातमा मलाई १२ हाते पोटुकीको कुरा गर मायालु भन्दै स्टेज चडेकी सुरेखा क्षेत्रिलाई दर्शकको आई लभ युको बर्ष भएको थियो । कार्यक्रममा एक पिछ अर्को गर्दै द भ्वाइस अफ नेपालका टप ८ कलाकार स्टेज जडेर गाउदा दर्शक ननाचि रहनै सकेन्न ।

पथरी स्पोटीङ क्लवको खुल्ला खेल मैदानमा सिमसिम पानिका बावजुत पनि कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारीको पस्तुती कुरि रहे । स्टेजमा म त नेपालकी छोरी ….. भन्दै स्टेज चढेकी श्रेया राईलाइै वान्स मोरको बर्ष भयो भने अनुप योन्जनको भेडाको उन जस्तो….., फस्ट रनअफत्रय कुशल आचार्यले रिमिक्स भर्सनमा तिमी जाने सिलगुडी म जाने सिक्कीम तिर……., सप्तक दुदराजले सपनिमा देखेको मैले तिमीलाई ……., गित गाउदा दर्शकले थप मनोरञ्जन लिएका थिए । श्रीजल थपलियाले शान्ति र अशान्तिको यो हो लडाई…… भन्दै स्टेज चढ्दा कार्यक्रम स्थल गुन्जयमान बनेको थियो । श्रीजलले हिड्ने मान्छे लड्छ ….. गित स्टेजमा गाउन सुरु के गरेका थिए दर्शकको हुटिङले सप्तक, अनुप र कुसलले स्टेजमा चडेर दर्शकलाई थप मनोरञ्जन थपे ।

प्रमोद खरेलको ओई झमा ………. गाउदै स्टेजमा देखा परेको द भ्वाईस अफ नेपाल विजेता सीडी विजय अधिकारी दर्शकलाई मैदानमा उफारेरै छाडे दर्शकको आग्रहमा शिव परियाको गित पिउदिन भन्दा भन्दै पिलायो साथीले…… गाएका अधिकारी आफुलाई अमुल्य भोट गरि यो स्थानमा पुर्याउनु भएको भन्दै दर्शकलाई धन्यबाद सहित आभार प्रकट गरे ।