२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

चारकोशे झाडीको खोला बगरमा बस्छन् वृद्धवृद्धा, भन्छन् ‘कुन दिन हात्तीले मार्छ होला’

Author Uttari Morang
मंगलबार, माघ २९, २०७५
चारकोशे झाडीको खोला बगरमा बस्छन् वृद्धवृद्धा, भन्छन् ‘कुन दिन हात्तीले मार्छ होला’

नौ सन्तान भएपनि छोराछोरीको हेलाका कारण एक वृद्ध दम्पत्ति लामो समयदेखि  मोरङको बेलबारी १० र ११ वडाको सिमानामा रहेको खोला किनारामा बेसहरा जीवन बिताउन बाध्य भएका छन्  ।
उदयपुरको गाईघाटमा डेढ बिगाह जमिनका मालिक र ९ सन्तानका मातापिता भक्तमाया र चेत प्रसाद पोख्रेल सन्तानले नहेरेपछि यतिबेला खोलाको किनारामा कष्टपुर्ण जिवन ब्यतित गरिरहेका हुन्  । उनीहरु विगत दुई वर्षदेखि खोलाको किनारामा बस्दै आएका छन् । छोराहरुले हेरेनन्, भक्तमायाले भनिन् ‘मर्न काल पनि आँउदैन, हातिले आएर पनि मार्दैन ।’

भक्तमायाका अनुसार उनीहरूको डेढ विगाह जग्गा थियो । तर छोराहरुलाई अंश दिएपछि उनीहरूले  घरवाट निकाली दिए । भक्तमायाले रुंदै भनिन् – ‘कसले के ल्यादिन्छ र खाउंला भनेर वाटो हेरेर वस्छौं ।’
पोख्रेल दम्पतिका ७ भाई छोरा र दुई वहिनी छोरी छन्  । केही भाई छोरा बेलबारी नगर क्षेेेत्रमा नै छन् भने केहि भाई उदयपुरमा बस्दै आएका छन् । छोरा वुहारीले घरवाट निकालेपछि बेलबारीमै रहेको बुढाथोकी बंवसेपछिशको कुलपुजा गर्ने धार्मिक वनमा बसेको र केहि समय  त्यहांबाट पनि निकालेपछि हाल चौलागाँईको कुलपुजा गर्ने छेउमा आएर वसेको भक्तमायालेे बताइन् ।त्यहाँवाट पनि बेला बखत निकालिदिने धम्की आउने गरेको उनले बताइन् ।

केही समयअघि राति आएको हात्तिले सोही स्थानमा एक जना मानिस मारेको थियो । उनले भनिन् ‘हामीलाई पनि कुन दिन हात्तीले मार्छ होला ।’ सो स्थानमा दुई बुढाबुढी चिमको छाप्रो हालेर बसेका छन् ।  कान्छी छोरीले कहिले काँही आएर चट्पटे वेच्ने गरेको र त्यसबाट नै चामल किनेर खाने गरेको उनले बताईन् । कान्छी छोरी मिना खतिवडाका श्रीमानले पनि उनलाइ छाडेर सौता लिइ हिडेकाले छोरालाई पनि विहान वेलुका वनिबुतो गरेर पाल्नु परेको गनासो गरिन् । वावु आमालाई सहयोग गरेको कारण  दाजुभाइहरुसंग वोलचाल नै बन्द भएको उनले बताईन् ।

बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुलीले वृद्ध दम्पत्तिका छोरा वुहारीलाई वोलाएर सम्झाउने र त्यसो गर्दा नि समस्या समाधान नभए नगरपालिकाले उनीहरुको संरक्षण गरी सुरक्षित स्थानमा वसोवासको ब्यबस्था मिलाउने बताइन् ।