२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

आठराईमा मुलुकी देवानी संहिताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

Author Uttari Morang
मंगलबार, माघ २९, २०७५
आठराईमा मुलुकी देवानी संहिताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

तुलसी राम धमला, तेह्रथुम / तेह्रथुमको आठराईमा मुलुकी देवानी संहिता बिषयक १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ ।
आठराई गाउँपालिका वडा न ७ थाेक्लुङ्गकाे सामुदायिक भवनकाे हलमा आयाेजित कार्यक्रममा मानव अधिकार , देवानी एेेन  ,फाैजदारी सम्बन्धि व्यवस्था , संम्वन्ध बिच्छेद संम्बन्धि कानुनी व्यवस्था लगायतका बिषयमा छलफल भएकाे छ ।
वडान: ७ का जनप्रतिनिधि, शिक्षक , महिला स्वास्थ्य स्वएम सेविका , महिला अधिकार मञ्चका प्रतिनिधि स्थानीयबासी सहभागी कार्यक्रमकाे सहजिकरण अधिवक्ता छबि बास्काेटाले गर्नु भएकाे थियो ।
कानुनि व्यवस्था सम्बन्धि जानकारी स्थानीय स्तरमै गराउने उदेश्यका साथ अाठराई गाउपालिकाकाे ७ अाेटै वडामा कार्यक्रम सञ्चालन भईरहेकाे छ ।
अाठराई स्थित वडा न: ४ काे ईवा र वडा न: ५ काे छातेढुङ्गामा यस अघि नै कार्यक्रम सम्पन्न भएकाे अायाेजक संस्थाहरुले जानकारी गराएकाे छ ।
मंगलबार  सम्पन्न कार्यक्रम एक्सन एड नेपाल तथा देउराली साेसाईटी तेह्रथुमको अार्थिक सहयाेगमा महिला अधिकार मञ्चले अायाेजना गरेकोे हाे ।
कार्यक्रम वडा न ७ थाेक्लुङका वडा अध्यक्ष राेहित कन्दङवाकाे प्रमुख अातित्यथा तथा महिला अधिकार मञ्च थाेक्लुङका अध्यक्ष बिष्णु कुमारी कन्दङवाकाे अध्यक्षतामा सम्पन्न भएको  थियो ।