२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

दुई नगरपालिका एक भए तर एक हुन सकेनन् उद्योग बाणिज्य संघहरु

Author Uttari Morang
शुक्रबार, फाल्गुण ०३, २०७५
दुई नगरपालिका एक भए तर एक हुन सकेनन् उद्योग बाणिज्य संघहरु

जुंगाको लडाइँका कारण सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा रहेका दुई वटा उद्योग वाणिज्य संघ एक हुन नसक्दा मोरङको सुन्दरहरैंचाका ब्यापारी ब्यबशायीहरु बिभाजित भएका छन् ।

पुरानो संरचना अनुसार  सुन्दरदुलारी नगरपालिका र कोशीहरैंचा नगरपालिका हुंदा रहेका दुई वटा उद्योग वाणिज्य संघहरु एउटै नगरपालिका बनेको दुई तीन बर्ष बितिसक्दा पनि एकीकृत हुन नसक्दा ब्यापारीहरु समेत बिभाजित बन्न पुगेका हुन् ।
बिरोटचोकमा रहेको कोशी हरैचा उद्योग बाणिज्य संघ तथा सुन्दरदुलारी उद्योग बाणिज्य संघ वीच अहिले अस्तित्वको लडाई उत्कर्षमा पुगेको छ ।

राजनैतिक रुपमा भागबन्डा मिल्न नसक्दा दुई उद्योग वाणिज्य संघको लडाइ चलिरहेको छ ।  दुइवटै साझा अस्तित्व भएका संस्थाहरु भएकाले एक हुन नसकेको सुन्दर दुलारी उद्योग बाणिज्य संघका अध्यक्ष किशोर कार्कीले बताए । कोशी हरैचा उद्योग बाणिज्य संघसँग एकीकरणका लागि छलफल भईरहेको उनले बताए ।

कोशी हरैचा उद्योग बाणिज्य संघका महासचिव सन्तोष वान्तवाले भने नगरपालिकालाई दुई उद्योग बाणिज्य संघ बिच एकीकरणको पहल गरिदिनका लागि  पत्र नै पठाएको बताए । संस्थाहरु एक नभएपछि कोशी हरैचा उद्योग बाणिज्य संघलाई चुनौति दिने उदेश्यले सुन्दरदुलारी उद्योग बाणिज्य संघले एक्स्पो लगाउदै छ । ब्यापारी ब्यबशायीहरुको साझा संस्था मानिने उद्योग बाणिज्य संघहरु एक नहुंदा त्यसको असर एक्सपोमा पनि देखिने संकेत आउन थालेका छन् ।
बेलबारीमा केही दिन अघि मात्रै डांगीहाट ब्यापार प्रबन्ध समिति र प्रस्तावित बेेेलबारी उद्योग बाणिज्य संघले एकीकरणको घोषणा गरेका छन्  ।