२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

प्रताप दासले छमछमी नचाए पथरीबासीलाइ (भिडियो सहित)

Author Uttari Morang
मंगलबार, फाल्गुण ०७, २०७५
प्रताप दासले छमछमी नचाए पथरीबासीलाइ (भिडियो सहित)

गोपाल काफ्ले,पथरी । पहिलो नेपाल आईडलका फाईनलिष्ट प्रताप दासले पथरीका दर्शकलाई छमछमी नचाएका छन् ।

पथरीमा रहेको रेडियो रिदम ९९.७ मेघाहर्जले आयोजना गरेको सिजि नेपाल आइस साँझ २०७५मा दासले ‘मलाई माफ गरिदेउ‘’बोलको सेन्टिमेन्टल गीत गाउदै स्टेज उक्लिदा उनि संग नाच्ने र सेल्फी हान्नेको भिड लागेको थियोे । दर्शकलाई सेन्टिमेन्टल गितमा झुमाउदै आफ्नो प्रस्तुतिको रफतार वढाएका दाशले प्रत्येक गितमा र्सजकहरुलाई क्रेडिट दिन छाडेन्न ।

उनले गाएका प्रत्येक गितमा दर्शक ननाचि रहनै सकेन्न । “भमरा फुलको रसैमा पर्खि बस मायाले मुङ्गीमा म आउछु रात्री बसैमा……. “तिम्रो सोरमा सोर मिलाई…….”, “फुल हैन काडा काडै बाटो हिडैला ….” “अलिकति जोस……” “पल पल यो आँखाले……..”, “हेर्दा राम्रो माछा पुच्छ्रे …….”, “मोटरसाइकलमा……”, गुराँस फुल्यो…..” र ‘तालको पानी‘’गीत गाउदा दर्शक छमछमी नाचेका थिए ।

सिजि नेपाल आइस बियरको प्रायोजक सम्पन्न कार्यक्रममा थप मनोरन्जन दिन हास्य विधाका गायक श्रीकृष्ण लुइटेलले दर्शकको पेट मिचिमिची हसाएका थिए । कार्यक्रममा उपस्थीत केटाकेटीलाई स्टेजमा बटुलेर “ए बा किन्देउन भट्टभटे……” “मुखमा हान्नु जस्तो……”, “बाँके बर्दिया….., “साली कमला…., “डल्लेको बहिनीले…. जस्ता गित गाएर दर्शकलाई थप मनोरञ्जन प्रदान गरेका थिए ।