२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

सुन्दरहरैंचाका एक पुर्व वडाध्यक्ष, जसले जेसिबी लगाएरै भत्काए बाटोको ड्रेन

Author Uttari Morang
बिहिबार, फाल्गुण ०९, २०७५
सुन्दरहरैंचाका एक पुर्व वडाध्यक्ष, जसले जेसिबी लगाएरै भत्काए बाटोको ड्रेन

ज्ञानेन्द्र दाहाल, गोठगाउँ /सुन्दरहरैचाका एक पुर्व वडाअध्यक्षले निर्माण सम्पन्न भएको बाटो भत्काउने जस्तो गैह्र जिम्मेवार  काम गरेका छन् ।

साबिक मिर्गौलिया ६ का पुर्व वडाध्यक्ष  पर्शुराम पराजुलीले आफ्नै घर अगाडिको ग्राबेल बाटोको ड्रेनलाई डोजर लगाएर भत्काएका छन । उनले सुन्दरहरैचा -८ स्थित नारायण डेरी हुँदै ब्राइट फ्युचर बोर्डिङ जाने बाटो आफ्नो कार्यअवधिभरमा निर्माण गरेको बाटो डोजर नै लगाएर भत्काएको स्थानियले बताएका छन्  ।

किन बाटोको ड्रेन भत्काइयो भन्ने कुरा पुष्ठि नभएता पनि सलकपुर खानेपानीको निर्वाचनमा आफुलाइ गाउलेले नजिताएको  आबेगमा ड्रेन भत्काएको हुन सक्ने स्थानियको भनाइ छ । उक्त बाटो भत्काए पश्चात् स्थानियले सुन्दरहरैचाको वडा नं ८ को वडा कार्यालय घेराउ समेत गरेका छन्  । उनी खानेपानी आयोजनाको कोषाध्यक्ष पदमा २ मतले पराजित भएका थिए ।