ह्वाइट हाउस इन्स्टिच्यूट धनकुटाद्वारा चीन पढ्न जाने विद्यार्थीहरुलाई बिदाई
Uttari Morang
ह्वाइट हाउस इन्टरनेस्नल इन्स्टिच्यूट अफ होटल म्यानेजमेन्ट धनकुटा शाखाले संचालन गरेको कलेजका पहिलो ब्याचका विद्यार्थीहरुलाई एक बर्षका लागी चाइना लगायतका विदेशी मुलुकहरुका इन्टनसिपका लागि विदेश पठाएको छ ।
इन्स्टिच्यूटले पहिलो ब्याचका विद्यार्थीहरुलाई विशेष कार्यक्रमको आयोजना गरी शनिबार बिदाई गरेको छ । इन्स्टिच्यूट धनकुटा शाखाका अध्यक्ष दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा प्रदेश नम्वर १ का सांसद लिला सुब्बा,धनकुटा पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,एन प्यापसनका प्रदेश नम्वर १ का सचिव राजन पौडेल,शिक्षक ज्योती श्रेष्ठ,सो इन्स्टिच्यूटका पूर्व प्रिन्सिपल अमित रञ्जन यादव लगायतले प्राविधिक शिक्षा र होटल म्यानेजमेन्ट शिक्षाको महत्त्वबारे धारणा राखेका थिए ।
कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । सो अबसरमा उत्कृष्ट विद्यार्थीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा महिला अधिकारकर्मी कोपिला शंकर,नेपाल पत्रकार महासंघ धनकुटका उपाध्यक्ष नगेन्द्र राई,सहसचिव हरी वहादुर लम्जेल,कोषाध्यक्ष नारायण राई,बिनोद घिमिरे,नेपाल प्रेस युनियनका सचिव किकास घिमिरे,अभिभावक रविन्द्र नेपाली लगायत अभिभावकहरु शिक्षकहरुको सहभागीता रहेको थियो । – विजय राई,धनकुटा






