२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

सशस्त्र प्रहरी महिला परिवार संघले धनकुटाका अनाथ बालबालिकालाई दियो विभिन्न सामग्री

Author Uttari Morang
सोमबार, फाल्गुण २०, २०७५
सशस्त्र प्रहरी महिला परिवार संघले धनकुटाका अनाथ बालबालिकालाई दियो विभिन्न सामग्री

सशस्त्र प्रहरी बल  नम्वर १ वराह वाहिनी मुख्यालय महिला परिवार संघले मदन आश्रीत बाल पुर्नस्थापना केन्द्र धनकुटाका बालबालिकाहरुलाई  खाद्यान्न,लत्ता कपडा,स्टेशनरी सामग्रीहरु वितरण गरेको छ ।

मदन आश्रीत बाल पुर्नस्थापना केन्द्र धनकुटा श्रीपञ्चमी र्पाकमा रहेका बालबालिकाहरुलाई जीवन यापनका साथै पठन पाठन गर्न सहयोग गर्ने उदेश्यले सशस्त्र प्रहरी बल नेपाल नम्वर १ वराह वाहिनी मुख्यालय सुनसरी महिला परिवार संघकी अध्यक्ष रोजी श्रेष्ठले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु,लत्ता कपडाहरु र विभिन्न स्टेशनरी सामाग्रीहरु वितरण गरेकी हुन् ।

उक्त बाल पुर्नस्थापना केन्द्रमा रहेका १३ जना अनाथ बालबालिकाहरुलाई लत्ता,कपडा,स्टेशनरी समाग्रीहरु र खाद्यान्न सामाग्रीहरु वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर १ वराह वाहिनी मुख्यालय सुनसरी महिला परिवार संघकी अध्यक्ष रोजी श्रेष्ठले वताईन् ।

सो अवसरमा पूर्व सांसद तथा मदन आश्रीत बाल पुर्नस्थापना केन्द्र धनकुटाका पूर्व अध्यक्ष गोपाल गुरागाई, सशस्त्र प्रहरी बल नम्वर १ वाहिनी मुख्यालय वराह सुनसरीका वाहिनीपती डिआईजी मनदीप श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ ,६ नम्वर गुल्मका गुल्मपति डिएसपपी बालकृष्ण श्रेष्ठ, पुर्नस्थापना केन्द्रका सचिव कमलकुमार लामिछाने लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।  – विजय राई,धकुटा