२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

१२ बर्षपछि बेलबारी प्रहरीले पक्राउ गर्यो वालिका बलात्कार गरी भागेको मान्छे

Author Uttari Morang
बुधबार, फाल्गुण २२, २०७५
१२ बर्षपछि बेलबारी प्रहरीले पक्राउ गर्यो वालिका बलात्कार गरी भागेको मान्छे

बाह्र बर्षअघि एक नाबालिकालाई जर्बजस्ती करणी गरी फरार भएका अभियुक्तलाइ इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ  ।

साबिक सुन्दरपुर गाबिस वडा नं ६ लाटिझोडा हाल सुन्दरहरैचा नगरपालिका ४ मा नाबालिकालाई सामुहिक बलात्कार गरी फरार भएका ११ गोम्बे तामाङलाई प्रहरीले पक्राउ गरेको हो । घटना पश्चात तामाङ फरार रहेका थिए । ११ बर्ष कैद तोकिएका उनलाई प्रहरीले मंगलबार पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरेको छ ।अदालतको आदेश अनुसार तामाङ मोरङ जिल्ला कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
यसैगरी प्रहरीले जबरजस्ती करणी मुद्धाका केराबारीका अर्का फरार अभियुक्तलाई पनि पक्राउ गरेको छ ।

केराबारी गाउँपालिका ८ का फरार अभियुक्त हर्कबहादुर विश्वकर्मालाई  ईलाका प्रहरी कार्यलय बेलबारीले पक्राउ गरेको हो। विश्वकर्मालाई २०७३ असार ५ गते गते अदालतले २ बर्ष ६ महिना कैद र २० हजार जरिवानाको फैसला गरेको थियो । उनलाई पनि पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरिएको र जिल्ला कारागार चलान गरिएको बेलबारी प्रहरीले जनाएको छ ।

केही साता यता ईलाका प्रहरी कार्यालय बेलबारीले १० बर्षअघि मोरङको भाउन्नेमा चालकको हत्या गरी मारुती भ्यान सहित फरार भएका एक अभियुक्तलाइ समेत पक्राउ गरेको थियो ।