२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

आफ्नै विद्यार्थीलाई गर्भ बोकाए धराने हेडसरले, पापीलाइ चोख्याउन अनेक चलखेल

Author Uttari Morang
शुक्रबार, फाल्गुण २४, २०७५
आफ्नै विद्यार्थीलाई गर्भ बोकाए धराने हेडसरले, पापीलाइ चोख्याउन अनेक चलखेल

सुनसरीको धरान उप-महानगरपालिका ८ स्थित ल्याबोरेटरी माविका प्रधानाध्यापक रुद्रबहादुर लुङ्वाले आफ्नै विद्यार्थीलाई गर्भवती बनाएको रहस्य खुलेको छ ।

विद्यार्थी गर्भवती भएको हल्ला विद्यालयमा चल्न थालेपछि घर विदा मिलाएर विद्यालयका प्रधानाध्यापक लुङ्वा विदामा बसेका छन् । गर्भ बोकेकी विद्यार्थी कहाँ छिन् भन्नेबारे सार्वजनिक भएको छैन ।
विद्यालयमा प्रअको चरित्रबारे ठूलै खैलाबैला मच्चिएपछि गत फागुन १२ गतेदेखि फागुन २३ गतेसम्म बिदामा बसेका थिए । गत फागुन १५ गते गोरखा डिपार्टमेन्ट स्टोरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मैतबहादुर तामाङको अध्यक्षतामा गोप्य बैठक बसी अन्य विद्यालयमा स्थानान्तरण गर्ने निर्णय गरिएको थियो ।

ब्यबस्थापन समितिले समेत जागिरबाट निकालेर कानुनी कारबाही गर्नुको सट्टा अन्य विद्यालयमा सरुवा मात्र गर्न खोजेपछि मामिला झन् रहस्यमय बनेको छ । लुङ्वा अहिले विभिन्न चलखेल गर्दै पुनः विद्यालयमा फर्किनेे कसरतमा लागेका छन्  । विद्यालयका शिक्षक शिक्षिकाहरु पनि प्रअ लुङ्वालाई कुनै हालतमा विद्यालयमा काम गर्न दिन नहुने पक्षमा छन् ।

गतवर्ष प्रअ लुङ्वाले नै करिब ३५ वर्षिय एक विद्यार्थीलाई कक्षा ८ मा ल्याएर विद्यालय भर्ना गरेका थिए । ती विद्यार्थीलाई विद्यालय भर्ना गरेपछि नै प्रधानाध्यापकको चरित्र शंकास्पद रहेको विद्यालयका शिक्षकहरु बताउँछन् । उनी प्रअ रुद्रबहादुर लुङ्वाको कार्यकक्षमा आएर बस्ने लगायतका शंकास्पद गतिविधि गर्दै आएको शिक्षकहरुले बताएका छन् । – बेतना दैनिकको सहयोगमा