२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

आठ नौ दिनदेखि बेलबारीकी एक महिला बेपत्ता, बेपत्ता पारेको आशंकामा गुरुङ पक्राउ

Author Uttari Morang
शुक्रबार, फाल्गुण २४, २०७५
आठ नौ दिनदेखि बेलबारीकी एक महिला बेपत्ता, बेपत्ता पारेको आशंकामा गुरुङ पक्राउ

मोरङको बेलबारी ४ की एक महिला एक हप्तादेखि बेपत्ता भएपछि सिंगो बेलबारी तरंगित भएको छ ।

गत फागुन १७ गते शुक्रबार राति गुरुङसँगै घरबाट निस्किएकी बेलबारी ४ की रमिला राई अझैसम्म पनि फेला नपरेपछि प्रहरीको लागि समेत टाउको दुखाइ भएको छ ।

हराएको एक हप्ता नाघिसक्दा समेत अझैसम्म महिला  फेला नपरेपछि महिलाका आफन्तले बेलबारीका योगेन्द्र गुरुङ विरुद्ध उजुरी समेत दिएका छन् । उजुरीपछि घटनासँग सम्बद्ध रहेको आशंकामा प्रहरीले शुक्रबार गुरुङलाई पक्राउ गरेको छ ।

बेलबारीस्थित सामुदायिक नोबेल हस्पिटलका संचालक, लोहोन्द्रा साझेदारी वनका अध्यक्ष तथा नेकपा बेलबारीका नेता समेत रहेका गुरुङ इलामको पशुपतिनगरबाट पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । पारिवारिक श्रोतले उनी पक्राउ परेको खुलासा गरे पनि प्रहरीले गुरुङ पक्राउ परेको पुष्ठि गरेको  छैन ।
गत फागुन १७ गते शुक्रबार गुरुङसँगै घरबाट निस्किएकी बेलबारी ४ की रमिला राई अझैसम्म पनि फेला नपरेको र युवती हराएको केही दिनदेखि गुरुङसमेत फरार रहेकाले प्रहरीले खोजी गरिरहेको थियो ।

प्रहरीले बेलबारी अपरान्ह बेलबारी ४ स्थित गुरुङको घरमा खानतलासी गर्नुका साथै उनको बा.१५ च. ७९१६ नम्बरको कार समेत  गरेको  छ । यद्यपि पक्राउ परेेका गुुुरुङ र बेपत्ता भएकी महिला त्यसदिन किन र कहाँ गएका थिए भन्नेेबारे अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ ।

एक हप्तासम्म कहाँ बेपत्ता छिन् बेलबारीकी यी महिला ? अनि किन र कसरी पक्राउ परे योगेन्द्र ?