आफ्नो भाषा र लिपी प्रबर्द्धनमा तमु समुदाय, बेलबारीमा भाषा सिक्दै पुर्वका गुरुङहरु
Uttari Morang
उत्तम पोख्रेल ,बेलबारी मोरङ / बेलबारीका कमल गुरुङको उमेर हेर्दा ३५ बर्षका जस्ता देखिन्छन् । यस्तै बेलबारीकै रजित गुरुङको पनि उमेर ४० नाघिसकेका जस्तो लाग्छ तर उनीहरु भख्खर मात्रै कखरा सिकिरहेका छन् । आफनै भाषा लिपिको अक्षरहरु उनीहरु लेख्न सिकिरहेका हुन् ।
बेलबारी नगरपालिकाको सहयोगमा हाल प्रदेश नम्बर १ का १३ जिल्लाका ४० जना भन्दा वढी युवा युवती बेलबारीमा भेला भएर आफनो लिपिको संरक्षणमा जुटेका छन् । प्रदेस नम्बर १ को उदयपुर वाहेकका जिल्लाबाट आएका गुरुङ समुदायका युवा युवती आफनै भाषाका अक्षरहरु लेख्दै आफनै भाषामा बोल्न सिकिरहेका छन् ।
खेमा भनिने गुुरुङ लिपिका अक्षरहरु लेख्न तथा गुुरुङ लिपिका अक्षरहरु लेख्न तथा आफनो भाषा संस्कार लिपिको संरक्षणका लागि सिक्न थालेको रंजित गुरुङले बताए । खेमा लोप हुदै जान थाल्यो, उनले भने ‘त्यहि भएर हामीले आफनो लिपिको संरक्षण गर्न जागरुकता देखाएका हौ ।’
युवा पुस्तामा लिपि धर्म सस्कार सिकाउने उदेश्यले आफनै भाषामा लेख्न बोल्न सिकाउन थालिएको तमु ह्यूल छोंजधी गुरुङ राष्ट्रिय परिषद मोरङका अध्यक्ष मनकुमार गुरुङले बताए । भाषा लिपि अपभ्रंस हुन थालेको छ उनले भने आफनै लिपिको नाम समेत धेरैलाई थाहा छैन ।
चार जात ३६ बर्णको फुलवारी भने पनि हामीले हाम्रा भाषा संस्कार संरक्षण गर्न सकेका छैनौंं, बेलबारी नगरपालिकाकी कार्यपालिका सदस्य विन्दुकला गुरुङले भनिन् – हामीलाई सम्म चाहि थाहा छ तर आउने पिंंढीले हामीले लागाउने पोषाक समेत चिन्दैनन् । गुरुङ जातिमा छोरी मान्छेले लगाउने लुङ्गी, घल्याक, पटुकी, चौवन्दी, वर्को तथा छोरा मान्छले भाग्रा धोति र कछाड लगाउने गरेका छन् ।






