२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

सकियो रे बेलबारी नगरपालिकाको तेस्रो नगरसभा, संघीय सरकारसँग विभिन्न माग

Author Uttari Morang
मंगलबार, फाल्गुण २८, २०७५
सकियो रे बेलबारी नगरपालिकाको तेस्रो नगरसभा, संघीय सरकारसँग विभिन्न माग

बेलबारी नगरपालिकाको तेस्रो नगरसभाले ८ नम्बर वडामा रहेको पेट्रोल खानीको अन्वेषण तथा अध्ययन गरी उत्खनन् कार्य अघि बढाउन संंघीय सरकारसँग माग गरेको छ ।

मंगलबार सम्पन्न भएको भनिएको नगरसभाले सो माग गरेको हो । नगरसभाले गौचरणमा परिणत भएको पेट्रोल खानीको अध्ययनका लागि बजेट विनियोजन गर्न समेत माग गरेको छ । नगरसभाले लोहान्द्रा चिसाङ खोलामा तट्बन्धन गर्न समेत माग गरेको छ ।

त्यसैगरी पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रसारमा समेत नगरसभाले चासो देखाएको छ । सभाले नगर भित्रका प्रमुख पर्यटकीय क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउने भन्दै सिमसार क्षेत्रहरुको संरक्षण गर्न समेत माग गरेको छ । नगरसभाले रमिते पर्यटकिय स्थल, सृर्जना पार्कको संरक्ष्ण तथा बिकास गर्न समेत माग गरेको छ ।

त्यसैगरी सुकुम्वासी समस्या समाधान, खेलकुद क्षेत्रको विकासका लागि कर्भडहल रगशाला निर्माण, कृषि क्षेत्रको विकाशका लागि शित भन्डार केन्द्रको निर्माण, एक हजार सिटको अत्याधुनिक सभागृह निर्माण लगायतका लागि  बजेटको ब्यबस्थापन गरिदिन समेत नगरसभाले माग गरेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

यसैगरी नगरभाले गरिवसँग नगरपालिका कार्यक्रमकमा सहकार्य गर्न प्रदेश सरकारसँग माग गरेको छ । गरिवसँग  नगरपालिका कार्यक्रम नगरले गौरवको कार्यक्रमका रुपमा लिएको छ । उक्त कार्यक्रम संचालनको तयारी अन्तिम चरणमा पुगेको मेयर सुवेदीले बताए । सभाले हुलाकी राजमार्ग सडक पिच गर्न समेत माग गरीएको मेयर सुवेदीले बताए ।

सभाले पुर्वाधार विकास तथा दैनिक सेवा संचालन व्यवस्थित गर्न वनेको विधेयक २०७५ समेत वहुमतले पारीत गरेको निमित प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खड्काले बताए । नगर कार्यपालिकाकाका अन्य  निर्णय समेत नगरसभाले पारीत गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्काले बताए । नगरसभा हुनेबारे स्थानीय क्षेत्रमा रहेका सञ्चारकर्मीहरुलाइ थाहा दिइएको थिएन । अघिल्ला नगरसभाहरुमा राजनीतिक दलका प्रतिनिधिहरुलाइ नबोलाइए पनि सञ्चारकर्मीहरुलाइ बोलाउने गरिएको थियो ।

सोही दिन केराबारी गाउँपालिकाले स्थानीय क्षेत्रका सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि र संघ संस्था लाइ बोलाएर भब्य रूपमा गाउँसभा उद्घाटन गरेको छ ।